बुधबार, साउन २०, २०८३

मलेसियामा भएकाे बस दुर्घटनामा २ नेपालीकाे मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - मलेसियामा बस दुर्घटनामा परी २ नेपाली कामदारको ज्यान गएको छ। ज्यान जानेमा रामु चौधरी र जगन्नाथ सिंह दनुवार रहेका छन्। दुर्घटना आइतबार राति भएको हो। दुर्घटनामा परी २ नेपालीसहित ११ जनाको मृत्यु भएको छ।  दुर्घटनामा अन्य ३४ जना घाइते भएका छन्। घाइते हुनेमा केही नेपाली कामदारसमेत रहेका छन्।

दुर्घटना क्वालालम्पुर विमानस्थल नजिकै भएको हो। बस सडकबाट चिप्लेर १० मिटर तल रहेको नालीमा खसेको थियो। बसमा सवार सम्पूर्ण कामदार रहेका र उनीहरु काममा जाँदै गर्दा दुर्घटनामा परेका बताइएको छ।
 
बसका चालक मलेसियाका रहेका र उनकोसमेत मृत्यु भएको मलेसिया प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।