बुधबार, साउन २०, २०८३

एक लाख बिरामी उपचारबाट बञ्चित, सरकार माैन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले चार दिनदेखि सरकारी चिकित्सकहरुले अस्पताल ठप्प बनाएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
 
कर्मचारी समायोजनको विरोधमा चिकित्सकले गरेको आन्दोलनका कारण सरकारी अस्पतालका आपतकालिन बाहेकका सबै सेवा चार दिनदेखि ठप्प छ । दिनमा ४५ हजार आउने सरकारी अस्पतालमा ओपीडि मात्रै होइन महिनौ अघि तय भएका अप्रेसन पनि रोकिएका छन् । शुक्रबारदेखि चिकित्सकहरुले गरेको हड्ताल खुलाउन सरकारले भने सामान्य पहल पनि गरेको छैन् ।
 
यसै विषयलाई मुख्य समाचार बनाउँदै आजको नयाँ पत्रिका दैनिकले सरकारी अस्पताल ठप्प, सरकार मौन शीर्षकमा खबर लेखेको छ ।

उसले लाखौँ विरामीको बिचल्ली हुँदा समेत सरकार मौन बसेको उल्लेख गरेको छ । अस्पतालको हड्तालका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्म मौन छन् भने स्वास्थयमन्त्री उपेन्द्र यादव आफूलाई यसबारे जानकारी समेत नभएको जलास्पद जवाफ दिएर बसेको नयाँ पत्रिकाले लेखेको छ ।
 
कान्तिपुर दैनिकले भने १ लाखले पाएनन् उपचार शीर्षकमा मुख्य समाचार छापेको छ ।

संसारभर आइतबार विश्व स्वास्थ्य दिवस मनाइरहँदा नेपालमा सरकारी चिकित्सकको आन्दोलनका कारण १ लाख बढि बिरामी उपचारबाट  बञ्चित भएको समाचारमा जनाइएको छ । यसै पनि मुलुकमा १५ हजार चिकित्सक अपुग छन् भने स्वास्थ्य क्षेत्रमा राज्यको लगानी ४ प्रतिशत मात्रै छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले बिरामीको बिचल्ली शीर्षकमा मुख्य समाचार लेखेको छ भने नागरिक दैनिकले चिकित्सक समायोजनः मर्कामा सुदूरपश्चिम शीर्षकमा खबर छापेको छ ।
 
यो विषय बाहेक आजको नागरिक दैनिकले नेकपाको एकीकरण विवाद मिलाउन दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट पक्षसँग बेग्लाबेग्लै भेट गर्न थालेको विषयलाई पनि महत्वका साथ छापेको छ ।

आइतबार माधव नेपाल, बामदेव गौतम लगायतका नेतालाई एक्ला एक्लै भेटेर विवाद मिलाउने प्रयास थालेको समाचारमा उल्लेख छ । यसै विषयलाई नयाँ पत्रिकाले पनि पहिलो पृष्ठमा छापेको छ ।
 
कान्तिपुर दैनिकले भने तारागाउँ रिजेन्सी छानविनले सरकारी जग्गा होटल हायातले कब्जा गरेको निष्कर्ष निकालेको विषयलाई प्राथमिकता साथ प्रकाशित गरेको छ । संसदीय छानविन उपसमितिले हायातले हडपेको १५० रोपनी जग्गा फिर्ता गर्नु र अख्तियारले अनियमितता छानविन गर्नु भनेर निर्देशन दिएको समाचारमा जनाएको छ ।
 
अन्नपूर्ण पोस्ट्ले भने बर्डफ्लुको विषयलाई महत्वका साथ छापेको छ । उसले भारतबाट अवैध रुपमा भित्रिने कुखुराका कारण बर्डफ्लु भित्रिने गरेको र लेयर्स कुखुरामा पनि संक्रमण देखिएको विषयलाई समाचार बनाएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।