बुधबार, साउन २०, २०८३

काठ र ढुङ्गाकै भरमा नापतौल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जाजरकोट – नेपाल खाद्य संस्थानले सदरमुकामबाट दुई वर्षअघि बारेकोट गाउँपालिकास्थित घाट डिपोका लागि पठाएका नापतौलका सामग्री अझै पुग्न सकेको छैन। जिल्लाबाट पठाएका सामग्री नपुगेपछि काठ र ढुङ्गाकै नापतौलका सामग्री प्रयोग हुँदै आएको छ । घाट डिपोमा नापतौल गुणस्तर विभाग कार्यालयले प्रमाणित नगरेका नापतौलका सामग्री प्रयोग भइरहेका छन्।

 ढुङ्गाबाट निर्माण गरिएका ढक र काठकै तराजु प्रयोग भइरहेको छ । जसले गर्दा नापतौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ। संस्थान जाजरकोटका प्रमुख धर्मबहादुर बस्नेतले दुई वर्षअघि नै नापतौलका सामग्री पठाएको बताए। उनले भने, ‘जिल्लाबाट पठाएका सामग्री घाट कार्यालयमा होलान् नि? त्यहाँ नभए बाटोमा होलान्, लगिँदै होला।’

यो डिपो वि.सं. २०५१ मा स्थापना भएको थियो । वि.सं. २०५२ देखि ६७ सम्म खाद्य व्यवस्थापन समितिले सञ्चालन गरेको थियो। त्यही बेला खरीद गरिएका सामग्री प्रयोगसमेत नहुँदा अहिले काठबाट निर्माण भएका तापतौलका सामग्रीबाट काम हुँदै आएको छ। ‘२०६७ यता भने नेपाल खाद्य संस्थाले व्यवस्थापन गर्दै आएको छ। डिपो कार्यालय पनि जीर्ण छ। चामल भण्डारण गर्नसमेत समस्या भएको डिपो प्रमुख रुद्र देवकोटाले बताए। 

घाट डिपोमा तापतौलका सामग्री पुगेको अभिलेखमा उल्लेख छ तर सामग्री भने पुगेको देखिँदैन। चामल लिन दैनिक उपभोक्ता आएपनि प्रमाणीत नभएका नापतौलका सामग्रीबाट तौल लिएर बिक्री  वितरण हुँदै आएको छ। स्थानीयवासीले पटक पटक कुरा उठाएपनि  सुनुवाइ नभएको स्थानीयवासी प्रेम सिंहले बताए। 

जीर्ण भवनको निर्माण लागि पहल नहुँदा अर्को वर्षायाममा कसरी काम गर्ने भन्ने चिन्ता बढेको देवकोटाको भनाइ छ।  बारेकोट गाउँपालिकामा प्रायः खाद्य संकट भइरहन्छ। यो डिपोबाट अघिल्लो वर्ष एक हजार क्वीन्टल चामल कोटा निर्धारण गरिएको थियो। यस वर्ष दुई हजार १०० क्वीन्टल चामल माग गरिएको छ। जाजरकोटमा योसँगै रग्दा चौखा, दशेरा र पजारुको घोगीमा डिपो रहेका छन्। त्यस्तै, नलगाड नगरपालिकाको दल्लीमा वितरण केन्द्र स्थापना भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।