बिहीबार, साउन २१, २०८३

महेशले ल्याए ‘मरीचिका’

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – साहित्यकार महेश थापाद्वारा लिखित कथा सङ्ग्रह ‘मरीचिका’ सार्वजनिक भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले थापाद्वारा लिखित कथा सङ्ग्रह ‘मरिचिका’ एक समारोहकाबिच विमोचन गरेका हुन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा महासचिव विष्णु पौडेलसमेतको उपस्थितिमा पुस्तक विमोचन गरिएको हो। 

‘शारीरिक रुपलेआफैं अप्ठ्यारो स्थितिमा रहेका थापाले नेपाली साहित्यमा ठूलो योगदान गरेको भन्दै प्रशंसा गरेका थिए। ओली भने, ‘महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ। उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो। अरू सशक्त अवस्थामा रहेकाहरूले उहाँबाट पाठ सिकेर देश निर्माणमा लाग्नुपर्छ।’ प्रधानमन्त्री ओलीले आफूले सङ्ग्रह भित्र संरहित केही कथा पढ्दा र ती कथाहरूमा मानवीय संवेदनाको सजीव चित्रण, साहित्यिक चेत निकै राम्रो सुन्दर र पुरानै चिनजानको, कतै देखिरहेको, भेटिरहेको जस्तालाग्ने सजीव पात्रहरू पाएको बताए।

कथामाथि टिप्पणी गर्दै वरिष्ठ साहित्यकार तथा प्रज्ञापरिषद् सदस्य माया ठकुरीले भनिन्, ‘महेशका कथाहरू अब्बल छन्। यो स्तरको कथा मैले लेख्न सक्दिनँन।’ कृतिमाथि समिक्षकीय मन्तव्य राख्दै लेखक एवम् पत्रकार अभय श्रेष्ठले कथाहरू नेपालको परम्परागत धारका रहेको र शब्द तथा भाषासँगमा पनि निकै उत्कृष्ठ रहेको बताए।

कार्यक्रममा कवि तथा लेखक डा. सरोज धितालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। लेखक थापा विगत सोह्र वर्षदेखि ‘मोटर न्युरोन डिजिज’ नामक रोगबाट पीडित छन्। हाल पूर्णअशक्त, अपांगताको अवस्थामा रहेका थापाको बोलीसमेत प्रष्ट छैन। आंशिक रुपमा चल्ने दाहिने हातको दुईऔंलाले कम्प्युटर माउसमा क्लिक गर्दै अनस्क्रिन किबोर्डको सहायताद्वारा उनले लेखन कर्मलाई निरन्तरता दिइरहेका छन्। 

व्यङ्ग्यकारका रुपमा स्थापित थापाको यसअघि ‘अल्पविराम’ आत्मकथा ‘रनमोनम’ व्यङ्ग्य सङ्ग्रह प्रकाशित छन्। थापाको लिखित मन्तव्य उनकी श्रीमती निशा शर्माले वाचन गरेर सुनाएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।