काठमाडौं– सरकार समक्ष पेश गरेको २२ बुँदे माग पुरा गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजधानीमा बृहत प्रदर्शन गर्ने भएको छ।
राप्रपाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गरियोस, राजा सहितको प्रजातन्त्र कायम गरियोस र त्यसका लागि गोलमेच सम्मेलन आयोजना गरियोस, संघीयता बारे जनमत संग्रह गरियोस लागतका माग अगाडि सारेर सोमबार प्रदर्शन गर्न लागेको हो।
राप्रपाले सोमबार रत्नपार्कमा भेला भएर बृहत प्रदर्शन गर्ने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४