शुक्रबार, असार २०, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बारको अध्यक्षमा कडा प्रतिस्प्रर्धा, प्रगतिशील समूह झिनो मतले अगाडी

बारको अध्यक्षमा कडा प्रतिस्प्रर्धा, प्रगतिशील समूह झिनो मतले अगाडी

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
काठमाडौँ- कानून व्यवसायीहरुको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले अग्रता लिएका छन् । 

बुधबार रातिसम्म गणना भएको जम्मा पाँचहजार ४०४ मध्ये श्रेष्ठले दुई हजार ४४५ मत प्राप्त गरेका छन् । श्रेष्ठलाई बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले दुई हजार ३७५ मतले पछ्याइ रहेका छन् । 
 
त्यसैगरी, महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले दुई हजार ४५४ मत सहित अग्रता लिएका छन् भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले दुई हजार ३१४ मत सहित पछ्याइरहेका छन् । 

कूल मतमा अब दुई हजार ५८४ मत गणना गर्न बाँकी रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए । बाँकी मतको गणना आज (विहीबार) बिहान ९ बजेदेखि सुरु गरिने उनले बताए । पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । 
 
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।