शनिबार, वैशाख ६, २०८२

अफगान युद्ध, २० वर्षमा कति मारिए?

सन् २००१ मा तालिबान समूहविरुद्धको युद्ध सुरु भएयता अफगानिस्तानमा कम्तीमा एक लाख ७७ हजार मानिसको ज्यान गएको छ।
 |  शुक्रबार, भदौ ४, २०७८
nespernesper

बीबीसी

बीबीसी

शुक्रबार, भदौ ४, २०७८

vianetvianet
triton college
National life insurance

काठमाडौं-  सन् २००१ मा तालिबान समूहविरुद्धको युद्ध सुरु भएयता अफगानिस्तानमा कम्तीमा एक लाख ७७ हजार मानिसको ज्यान गएको छ। अमेरिकी गठबन्धनका तर्फबाट ३,५०० जनाले ज्यान गुमाएका छन्। तीमध्ये २,३०० भन्दा बढी अमेरिकी छन्। बेलायतका ४५० भन्दा बढी सैनिक मारिएका छन्। थप २०,६६० अमेरिकी सैनिक घाइते भएको तथ्यांक छ। 

अफगान सुरक्षा फौज र गैरसैनिक हताहत भएको तुलनामा उक्त सङ्ख्या थोरै हो। राष्ट्रपति गनीले सन् २०१९ मा अफगान सुरक्षा निकायका ४५,००० सदस्य आफू राष्ट्रपति निर्वाचित भएको पाँच वर्षयता मारिएको बताएका थिए। सन् २०१९ मा ब्राउन युनिभर्सिटीले गरेको अध्ययनले युद्ध सुरु भएयता अफगानिस्तानको राष्ट्रिय सेना र प्रहरी गरी ज्यान गुमाउनेको अनुमानित सङ्ख्या ६४,१०० जनाएको छ।

राष्ट्रसङ्घको अफगानिस्तानस्थित सहयोग मिसनका अनुसार सन् २००९ यता उसले व्यवस्थित रूपमा गैरसैनिकसम्बन्धी तथ्यांक राख्न थालेयता झन्डै एक लाख ११ हजार सर्वसाधारण नागरिक हताहत भएका छन्। यसमा सन् २००१ देखि २००८ सम्मको तथ्यांक भने समावेश छैन।


प्रकाशित: Aug 20, 2021| 07:40 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।