आइतबार, साउन १७, २०८३

सम्भावित एघारमा सन्दीप, आज टिममा पर्लान्?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज(आइतबार) नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सको सामना गर्दै छ ।  

दुवै टोली एक अर्कालाई पराजित गर्दै लिगमा सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिदै छन् । खेलाडी हेर्ने हो भने दुवै टोली निकै बलियो देखिएको छ । मुम्बईको टोलीमा अनुभवी खेलाडीको बाहुल्यता छ भने दिल्लीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । 

मुम्बई र दिल्ली हालसम्म २२ पटक आमने सामने भएका छन् । दुवै टोलीले समान ११-११ पटक जित हात पारेका छन् । तर, पछिल्लो ५ खेलको नतिजा हेर्ने हो भने मुम्बई नै दिल्लीकमथि हाबी रहेको छ । पछिल्लो पाँच भेटमा दिल्लीले २ पटक मात्र मुम्बईलाई पराजित गरेको छ । 

तर पछिल्ला दुई खेलमा दिल्ली मुम्बईले पराजित गरेको छ । सन् २०१७ मा भएको खेलमा दिल्लीलाई १४६ रनको फराकिलो अन्तरले पराजित गर्दै आईपीएलमा मुम्बइले इतिहास रचेको थियो । 

मुम्बईका सम्भावित एघार : कप्तान रोहित शर्मा, क्वीनटन डि कक अथवा इविन लेविस, सुर्यकुमार यादव, इसान किसन्, क्रुनल पाण्ड्या, केइरोन पोलार्ड, हार्दिक पाण्ड्या, बेन कटिङ, मायंक मर्कान्डे, जसप्रित बुम्रा र मिचेल मैक्लेनाघान 

दिल्लीका सम्भावित एघार : कालिन मुनरो, शिखर धावन, पृथ्वी शाह, श्रीयस एयर (कप्तान), कालिन इंग्राम, ऋषब पन्त, अक्सर पटेल, सन्दीप लामिछाने, कागिसो रवाडा, अथवा ट्रेन्ट बोल्ट, अविस खान अथवा अमित मिश्रा र इसान्त शर्मा 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।