शनिबार, साउन १६, २०८३

ब्रोड पिक हिमपहिरोमा निर्मल पुर्जाको निधन भएको पुष्टि

 |  शनिबार, साउन १६, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०८३

काठमाडौं। आरोहण व्यवस्थापन कम्पनी एलिट एक्सपिडले विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जाको ब्रोड पिकमा गएको हिमपहिरोमा परी निधन भएको पुष्टि गरेको छ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा ब्रोड पिकमा आएको हिमपहिरोपछि निर्मल पुर्जाको दुःखद निधन भएको पुष्टि भएको जनाएको छ। साथै, उक्त आरोहण दलका अन्य सदस्यहरू पनि जीवित नरहेको पुष्टि भएको उल्लेख गरिएको छ।

एलिट एक्सपिडले यस दुःखद घटनामा निर्मल पुर्जासँगै उनका विश्वासिला आरोहण सहयात्री तथा पथप्रदर्शक पुरबहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको जनाएको छ। कम्पनीले शोक वक्तव्य जारी गर्दै यस दुर्घटनामा ज्यान गुमाउने सबैप्रति गहिरो श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूका परिवार, आफन्त र शुभेच्छुकप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

हिमपहिरोमा परेका आरोहीहरुमा ओमानकी नधिरा अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ, अमेरिकाकी म्यालोरी गाइस तथा नेपालका निर्मल पुर्जा (निम्स दाइ), पुरबहादुर गुरुङ (युक्त), किली पेम्बा शेर्पा (किलु), नीमा शेर्पा, न्वाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका थिए।

प्रकाशित: Aug 01, 2026| 16:52 शनिबार, साउन १६, २०८३
प्रतिक्रिया दिनुहोस्