आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला, विभाजनको जोखिम टार्न नेताहरूलाई एकताको दबाब

देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला, विभाजनको जोखिम टार्न नेताहरूलाई एकताको दबाब

 |  आइतबार, साउन १७, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०८३

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औं महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । 

‘देश र कांग्रेस जोड्ने अभियान’ले आज काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस एक हुनुपर्छ भन्ने पक्षधरका नेता कार्यकर्ताको भेला राजधानीमा आयोजना गर्न लागिएको जानकारी दियो। पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य समेत रहेका कांग्रेस नेता रञ्जित कर्णले पार्टी सभापति गगनकुमार थापा र शनिबार चुनदेवीको पत्रकार सम्मेलनबाट संयोजक घोषणा गरिएका डा. शशाङ्क कोइराला पार्टी एक बनाउन लाग्नुपर्ने बताए। 

उनले कांग्रेस विभाजनको संकटमा रहेकाले एकताको अरिहार्यता रहेको धारणा राखे। कांग्रेस बलियो भए मात्र देश बलियो हुने उनको भनाइ थियो।

'नेपाली कांग्रेसको घरतिर हेर्दा विभाजनको रेखा देख्दा मन भक्कानिन्छ। हामीले कांग्रेस मात्र नभइ देशकै समृद्धिका लागि एकतावद्ध हुन आवस्यक छ।
कांग्रेस कमजोर र विभाजित हुँदा देश दुर्घटनामा पढ्ने जोखिम रहन्छ,' उनले भने।

यस्तै पूर्वकेन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस कमजोर हुँदा लोकतन्त्र र राष्ट्रियता कमजोर हुने गरेकाले कांग्रेसलाई एक बनाउन दबाब दिन आफूहरू निरन्तर सक्रिय रहेको बताए।

सोही उद्देश्य अनुरुप आगमी साउन २० गते एकता भेला गर्न लागिएको उनले जानकारी दिए। पार्टी एकताको आवश्यकता देखेर कांग्रेस जोड्ने अभियान सुरु गरिएको उनले बताए।

भेलामा सहभागी हुन एक हजार ३५९ प्रतिनिधिले नाम दर्ता गराएको र दुई हजारभन्दा बढी नेता कार्यकर्ताहरूलाई भेलामा सहभागी गराउने लक्ष्य रहेको उनले जानकारी दिए।

उनले पार्टी बनाउन थुप्रै नेता कार्यकर्ताहरूको ठूलो लगानी र त्याग रहेकाले कसैको स्वार्थमा पार्टीलाई फुटाउन नहुने धारणा राखेका थिए। कांग्रेस बलियो भए मात्र देश बलियो हुने उनको धारणा थियो।

त्यस्तै नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वउपाध्यक्ष पुष्पकुमार शाहीले सबै नेता कार्यकर्तालाई एकताको पक्षमा उभिन आग्रह गरेका थिए। शिर्ष नेताहरू पनि एकताका लागि गम्भीर हु्नुपर्ने र दबाब दिन सबै कार्यकर्ताहरू एक ठाउँमा आनउुपर्ने उनको धारणा थियो।

कार्यक्रममा तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्द त्रिपाठीले कांग्रेस एक बनाएर देश र कांग्रेस जोड्ने अभियानमा साथ दिन देशभरका जनप्रतिनिधिलाई आग्रह गरेका थिए।

प्रकाशित: Aug 02, 2026| 15:45 आइतबार, साउन १७, २०८३
प्रतिक्रिया दिनुहोस्