आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरियाली भाषा परीक्षामा २ दिनमा कतिको आवेदन पर्‍याे ? 

कोरियाली भाषा परीक्षामा २ दिनमा कतिको आवेदन पर्‍याे ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि दुई दिनमा ६२ हजारको आवेदन परेको छ ।

बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको भाषा परीक्षाका लागि शनिबार रातिसम्ममा  ६१ हजार ९७८ जनाको आवेदन परेको हो । यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ ।

परीक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ । परिक्षा शुल्क ग्लोबल आइएमई बैंकमा बुझाउनु पर्नेछ । तर, शुल्क बुझाउन बैंक र्नै पुग्नु नपर्ने शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार अघिल्लो वर्ष जस्तो बैंकमा लाइन लागेर मात्रै पैसा बुझाउनु पर्दैन । अनलाइनबाटै पैसा बुझाउन सकिन्छ । त्यसका लागि इसेवा, आइएमई पेलगायत माध्यम प्रयोग गर्न सकिने उनले जानकारी दिए ।

कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक खनालले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।