आइतबार, साउन १७, २०८३

गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्छ : देउवा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले व्यवहारिक, उपयोगी र गुणस्तरीय शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिएका छन्।

शंकरदेव क्याम्पस स्टुडेण्ड अल्मुनाइले आज आयोजना गरेको नेपालमा उच्च शिक्षाको व्यवस्थापनमा नयाँ दृष्टि विषयक एक दिवसीय गोष्ठीको उद्घाटन गर्दै उनले विश्वविद्यालय वा क्याम्पस स्थापना गर्न पाउनुपर्ने माग गर्दैगर्दा गुणस्तरीय शिक्षाका बारेमा समेत बहस गर्नुपर्ने बताए।

'नेपालमा धेरै विश्वविद्यालय छन्, त्रिभुवन विश्वविद्यालयमा नै गुणस्तरीय अध्ययन नभइरहेको अवस्थामा विश्वविद्यालयको माग गरिएको छ, अझै खुल्दैछन्, जबसम्म गुणस्तरीय शिक्षा हुँदैन तबसम्म जति विश्वविद्यालय खोेले पनि अर्थ छैन', उनले भने। अहिले पनि पोखरा, विराटनगर, सुर्खेतलगायत विभिन्न क्षेत्रमा विश्वविद्यालय भए पनि ती विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिन नसकेको सभापति देउवाको भनाइ छ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले शिक्षाको गुणस्तर वृद्धिसँगै धेरैभन्दा धेरै विश्वविद्यालय स्थापना गर्नका लागि सहज कानूनको निर्माण गनुपर्ने बताए। त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ र त्रिवि अनुदान आयोगका अध्यक्ष प्रा डा भीम सुवेदीले त्रिविले गुणस्तरीय शिक्षाका लागि सक्दो प्रयास गरिरहेको बताए। गोष्ठीमा संविधानमा उच्च शिक्षाबारे गरिएको व्यवस्था, गुणस्तरीय शिक्षा र शैक्षिक नीति, नियमलागतयका विषयमा बृहत छलफल हुनेछ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।