आइतबार, साउन १७, २०८३

'समय आए पार्टी नेतृत्व लिन तयार छु'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

सिन्धुली– नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु पार्टी नेतृत्व लिन तयार रहेको बताएका छन्। नेपाल प्रेस युनियन सिन्धुलीले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले समय आए आफु नेतृत्व लिन तयार रहेको बताएका हुन्। उनले भने, 'मैले अहिले पार्टी नेतृत्वभन्दा पनि पार्टीमा देखिएको गुटको अन्त्य र पार्टीलाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेको छु। समय आए नेतृत्व लिनसमेत तयार छु।'

सरकारका कामकारबाहीले लोकतन्त्रलाईनै खतरामा पारेकोले त्यसको प्रतिवाद गर्ने उनले चेतावनीसमेत दिए। सरकारले दुई तिहाई बहुमतको दम्भ देखाइरहेको आरोप नेता पौडेलले लगाए। अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको उनले बताए। 'सरकार बहुमतको आडमा शक्ति केन्द्रीकरण गर्न अग्रसर भएको छ। यसको प्रतिवाद गर्न आवश्यक छ।' उनले भने।

उनले एउटा राजा हटाए पनि नेकपा सरकारमा थुप्रै छोटेराजाहरु हाबी भएको भन्दै उनीहरुसँग लड्न कठिन भएको बताए। नेता पौडेलले नेकपाको वर्तमान सरकारसँग ‘ओरल्ली’, ‘मोरल्ली’ र ‘पोलिटिकल्ली’ लडाइँ लड्नु पर्ने बताए।

सरकारको एक वर्ष पूर्ण असफल भएको बताउँदै उनले ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार सरकारले आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको दाबी गरे।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ छ। कुनै पनि समूहलाई दबाबमा राख्न खोजे त्यसले मुलुकको शान्ति र लोकतन्त्रलाईनै खतरामा पार्न सक्ने उनको भनाई छ। राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत संग्रह गर्न नसकिने नेता पौडेलको भनाइ छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।