आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवप्रति कडा बन्दै सरकार, कार्यकर्ता पक्राउ गर्न मध्यरातिनै पुग्छ प्रहरी 

विप्लवप्रति कडा बन्दै सरकार, कार्यकर्ता पक्राउ गर्न मध्यरातिनै पुग्छ प्रहरी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएपछि उसका नेता तथा कार्यकर्ता पक्राउ गर्ने अभियानलाई प्रहरीले व्यापक बनाएको छ।

ठाउँठाउँबाट कार्यकर्ता पक्राउ गरिरहेको प्रहरीले शुक्रबार राति काभ्रेपलाञ्चोकबाट विप्लवका नेता हेमन्त प्रकाश ओलीसहित अन्य आठ जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखा, विशेष ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

नख्खु बम विस्फोटका प्रमुख योजनाकार मानिएका ओली पार्टीको मध्य केन्द्रीय कमाण्ड इन्चार्जसमेत रहेका प्रहरीको दाबी छ।

महानगरी प्रहरी अपराध अनुसन्धान महाशाखाका अनुसार ओलीसँगै  धर्मराज राजबाहक, रामकृष्ण खतिवडा,शंकर अधिकारी, ललित लामा, लोकेन्द्र खड्का ,सन्जीव कार्की, वेद घिमिरे र विजय श्रेष्ठ पक्राउ परेका छन्। उनीहरुलाई काठमाडौं ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।