आइतबार, साउन १७, २०८३

आजका अखबार : व्यवसायीका पोल्टामा सरकारी सेयर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - शनिबार राजधानीबाट प्रकाशित दैनिक अखबारले विविध खबरहरुलाई प्राथमिकतामा पारेका छन्।

कान्तिपुर दैनिकले तारागाँउ रिजेन्सीको अनियमितता प्रकरण उल्लेख गर्दै व्यवसायीका पोल्टामा सरकारी सेयर शिर्षकमा समाचार प्रकाशित गरेको छ। तारागाउँमा रहेको रिजेन्सी होटल लिमेटडको सेयर संरचना बाँडफाँटमा पनि अनियमितता देखिएको भएको भेटिएको कान्तिपुरमा उल्लेख छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संसदको अन्तर्राष्ट्रिय समितिले गठन गरेको उपसमिति र महालेखा परीक्षक कार्यालयको अनुसन्धान र छानबिनमा यस्तो अनियमितता पाइएको उल्लेख छ। सञ्चालकहरु राधेश्याम सर्राफ र दिनेशलाल श्रेष्ठको समूहले सरकारी सेयर संरचना घटाई आफ्नो बढाएका र सञ्चालकहरुको चलखेलकै कारण सेयर संरचना ३९ प्रतिशतबाट घटेर तारागाउँ विकास समितिका भागमा ९ प्रतिशतमा सीमित भएको छ। यस विषयमा आवश्यक अनुसन्धान गरिरहेको अख्तियारले बताएको कुरासमेत शनिबारको कान्तिपुरमा उल्लेख छ।

कान्तिपुरमै जता पहुँच उतै बजेट शिर्षकको समाचारसमेत प्राथमिकतामा परेको छ। प्रदेशका विकास बजेट मुख्यमन्त्री, मन्त्री, सभामुख र पहुँचवाला सांसदका गाउँमा मात्रै थुप्रिन थालेपछि स्थानीय तहसँग द्वन्द्व बढेको छ। 

यस्तै नागरिक दैनिकले प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्थालाई प्राथमिकतामा पारेको छ। नागरिक दैनिकमा बजेट छ , योजना र खर्च छैन शिर्षकमा समाचार छापिएको छ। प्रदेश १ मा ११ दशमलव ५ प्रतिशत, प्रदेश २ मा १२ प्रतिशत, प्रदेश ३ मा १५ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत, प्रदेश ५ मा ११ प्रतिशत, कर्णाली प्रदेशमा २ दशमलव ७८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६ दशमलव ६ प्रतिशत विकास बजेट खर्च भएको नागरिक दैनिकमा उल्लेख छ।

नागरिक दैनिकले नै शिक्षामा लैंगिक विभेद, सरकारीमा छोरी बढी, निजीमा छोरा शिर्षकको समाचालाईसमेत पहिलो पृष्ठमा स्थान दिएको छ। सरकारी स्कुलबाट एसइईमा सहभागी परीक्षार्थीमध्ये छात्रा ५३ दशमलव ४ प्रतिशत र छात्र ४६ दशमलव ६ प्रतिशत छन् भने निजी विद्यालयबाट सहभागी परीक्षार्थीमध्ये छात्रको प्रतिशत ५७ दशमलव ९ र छात्राको  प्रतिशत ४२ मात्रै रहेको नागरिक दैनिकमा समाचार छ।

शनिबारकै अन्नपूर्ण पोष्टले भने धमिराले खायो वाल्मीकि शिर्षकको समाचारलाई प्राथमिकतामा राखेको छ। अन्नपूर्ण लेख्छ 'प्रदर्शनीमार्गको वाल्मीकि विद्यापीठ छिर्नुभयो भने लेखेको देख्नुहुनेछ विद्या धनं सर्वधनप्रधानम्। यो उक्तिलाई वाल्मीकिले मात्र होइन, धेरै शैक्षिक संस्थाहरुले आदर्श मानेका छन्। तर यो विद्यापीठको भौतिक, शैक्षिक एवं प्रशासनिक अवस्था देख्दा लाग्छ, उक्तिले क्याम्सलाई जिस्काइरहेछ। किनभने, न यहाँ पढाइ नियमित छ, न त संरचनाको सदुपयोग भएको छ।'

शनिबारको नयाँ पत्रिका दैनिकले भने पर्यटक तान्ने पुल शिर्षकको समाचारलाई प्राथमिकता दिएको छ। देशभित्र रहेका केही पक्की र झोलुङ्गे पुल सहज यात्राका लागि मात्रै प्रयोगमा नभई आकर्षक पर्यटकीय गन्तव्यसमेत बनेका छन्। जसमा म्याग्दीमा रहेको देशकै लामो झोलुंगे पुल, कञ्चनपुरमा रहेको दक्षिण एसियाकै लामो झोलुंगैझोलुंगा जोडिएको पुल, कैलालीमा रहेको एक पिलरमा अडिएको कर्णाली पुल, बर्दीयामा रहेको देशकै लामो पुल तथा पर्वतमा रहेको देशकै अग्लो पुल लगायतका पुल पर्यटकीय गन्तव्य बनेको समाचार अन्नपूर्ण पोष्टमा प्राथमिकताका साथ छापिएको छ।

नयाँ पत्रिका दैनिकमै ७० वर्ष पुगेकाको बीमा रकम सरकारले बेहोर्ने शिर्षकको समाचार छापिएको छ। सरकारले स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढाउन ७० वर्ष पुगेपछि थप एक लाखको सेवा उपलब्ध गराउने भएको छ। बीमाको प्रिमियम रकम पनि २५ सयबाट बढाएर ३५ सय पुर्याइएको छ। बीमाको विद्यमान प्रणालीमा केही परिवर्तनसहितको स्वास्थ्य बीमा नियमावली, २०७५ सरकारले स्वीकृत गरेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।