आइतबार, साउन १७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • साफ महिला च्याम्पियनसिप : सावित्रा र इन्दुमथी सर्वाधिक गोलकर्ता

साफ महिला च्याम्पियनसिप : सावित्रा र इन्दुमथी सर्वाधिक गोलकर्ता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

विराटनगर – विराटनगरमा सम्पन्न भएको पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालकी स्ट्राइकर सावित्रा भण्डारी र भारतकी इन्दुमथी काथेरेसन सर्वाधिक गोलकर्ता भएका छन्। 

नेपाली खेलाडी सावित्रा र भारतीय खेलाडी इन्दुमथीले समान ४ खेलमा ४/४ गोल गरे।



इन्दुमथीले तीन खेल खेल्दै चार गोल गरेकी थिइन्। उनले नेपालसँगको फाइनल खेलमा भने गोल गर्न सकिनन्। तर, यसअघिका तीन खेलमा तीन गोल गरेकी सावित्राले भारतविरुद्धको फाइनल खेलमा एक गोल गरिन्। फाइनलमा गोल गर्दै सावित्राले इन्दुमथीसँग सर्वाधिक गोलकर्ताको अवार्ड सेयर गरिन्।

त्यस्तै प्रतियोगिताको खेलमा भारतकी डालिमा चिब्बर मोस्ट भ्यालुयबल खेलाडी बनीन् । उनले फाइनल खेलको २६ औं मिनेटमा फ्रि किक मार्फत सुन्दर गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। नेपाली खेलाडीले भारतका डिफेन्डरलाई फाउल गरेपछि करिब ३० यार्डमा पाएको फ्री किक प्रहारमा डालिमाले सहजै बललाई जाली चुमाएकी थिइन्। डालिमाले प्रतियोगितामा दुई गोल गरिन्।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।