आइतबार, साउन १७, २०८३

पत्रकार विश्वकर्मा पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं - कालिकोटबाट प्रसारण हुने रेडियो नयाँ कर्णालीका वरिष्ठ प्राविधिक तथा सम्वाददाता कर्ण विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई प्रहरीले रेडियो स्टेशन भित्रैबाट पक्राउ गरेको हो। 
प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ। उनी जनपत्रकार संगठन नेपाल कालिकाेटका जिल्ला संयाेजकसमेत हुन्।

यसैबीच प्रहरीले स्टेशनबाटै पत्रकारलाई पक्राउ गरेकोमा नेपाल पत्रकार महासंघले विरोध जनाएको छ। रेडियोको स्टुडियोमै प्रवेश गरी पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै महासंघले विरोध जनाएको हो। 'संविधान विपरीत भएको उक्त कार्यका महासंघ विरोध गर्दै तत्काल विश्वकर्माको रिहाईको माग गर्दछ।', महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।