सोमबार, असोज १९, २०८३

१६ वर्षीया प्रियंकाको हत्या आशंकामा दुई किशोर पक्राउ

सर्लाहीको लालबन्दीमा मंगलबार मृत फेला परेकी किशोरीको हत्या आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- सर्लाहीको लालबन्दीमा मंगलबार मृत फेला परेकी किशोरीको हत्या आशंकामा प्रहरीले दुई किशोरलाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१७, रानिगन्जकी १६ वर्षीया प्रियंका भुजेलको बलात्कारपछि हत्या गरेको आशंकामा प्रहरीले लालबन्दी नगरपालिका १७ का १८ वर्षीय किसन साह र १९ वर्षीय अनिष दाहाललाई पक्राउ गरेको हो।

स्थानीयले किशोरीको बलात्कारपछि हत्या भएको आशंका गरे पनि प्रहरीले यसको पुष्टि गरिसकेको छैन। इलाका प्रहरी कार्यालय लालबन्दीकी प्रहरी निरीक्षक निर्मल थापाले हत्या आरोपित दुवैले प्रियंकाको हत्या गरी शव गाडेको स्वीकारेको बताइन्। 

किशोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ। पक्राउ परेका दुबै किशोरलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।भुजेलको शव मंगलबार स्थानीय खोलामा फेला परेको थियो।

उनी साउन ३१ गतेदेखि बेपत्ता थिइन्। उनको शव मंगलबार घरदेखि करिव ३ किलोमिटरको दूरीमा लालबन्दी नगरपालिका-६ मा कालिन्जोर खोलाको एकान्त ठाउँमा फेला परेको प्रहरीले जनाएको छ। खोलाको बगरमा खाडल खनेर गाडेको अवस्थामा उनको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

प्रकाशित: Aug 19, 2021| 12:49 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।