बुधबार, चैत ६, २०८१

पूर्वराज्यमन्त्री कुश्वाहाले फिर्ता गरेनन् मन्त्रालयको गाडी

प्रदेश २ का एक पूर्वराज्यमन्त्रीले पदमा रहँदा प्रयोग गर्दै आएको गाडी तथा सीसीटिभी फिर्ता नगरेको पाइएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

जनकपुरधाम- प्रदेश २ का एक पूर्वराज्यमन्त्रीले पदमा रहँदा प्रयोग गर्दै आएको गाडी तथा सीसीटिभी फिर्ता नगरेको पाइएको छ। प्रदेश २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले पदमा रहँदा प्रयोग गर्दै आएको मन्त्रालयको गाडी र सीसीटिभी अहिलेसम्म फिर्ता नगरेका हुन्। 

health

राज्य मन्त्रीको हैसियतमा प्राप्त सुविधा अन्तर्गत उनलाई दिइएको गाडी अहिलेसम्म प्रयोग गर्दै आइरहेको मन्त्रालयलका कर्मचारीहरू बताउँछन्। त्यस्तै आफ्नो निवासमा सुरक्षा प्रयोजनका लागि मन्त्रालयकै खर्चबाट लगाएको पाँच थान सीसीटिभीसमेत उनले फिर्ता नगरेको आन्तरिक मामिला मन्त्रालयले जनाएको हो। कर्मचारीहरूका अनुसार पटक-पटक गाडी तथा सीसीटिभी फिर्ता गर्न ताकेता गर्दासमेत पूर्वराज्यमन्त्री कुशवाहाले बेप्रवाह गर्दै आएका छन्।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका सचिव वीरेन्द्र यादवले राज्य मन्त्री कुशवाहाले मन्त्रालयको एउटा गाडी अहिलेसम्म प्रयोग गर्दै आइरहेको र मन्त्रालयलाई नबुझाएको जानकारी दिए।

यता पूर्वराज्य मन्त्री कुश्वाहाले आफूले मन्त्री पदबाट हटे लगत्तै सबै समान फिर्ता गरेको बताएका छन्। 'कुनै समान बाँकी छ भने मन्त्रालयलाई पत्र पठाएर कुन-कुन सामान मसँग छ भनेर पठाउन आग्रह गर्छु', उनले भने। 

जसपा सरकारमा नेपाली कांग्रेस तथा माओवादी केन्द्रलाई प्रतिनिधित्व गराउनका लागि जसपाले दुई जना मन्त्रीलाई फिर्ता बोलाएको थियो। त्यसपछि गत साउन २ गते राज्यमन्त्री कुशवाहासमेत मन्त्री पदबाट हटेका थिए।

प्रकाशित: Aug 19, 2021| 10:22 बिहीबार, भदौ ३, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।