सोमबार, असोज १९, २०८३

राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष शेरचनको निधन

राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपाल एपिएफ अस्पतालमा उपचाररत शेरचनको बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट मृत्यु भएको छ। नेपाल एपिएफ अस्पतालमा उपचाररत शेरचनको बुधबार साँझ ६७ वर्षको उमेरमा निधन भएको हो।

राजधानी न्यूज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुन्। उनी अहिले मिडिया सञ्चालककै संस्था मिडिया अलाइन्सको उपाध्यक्ष रहेका थिए।

संविधानसभा सदस्यसमेत रहेका शेरचन विज्ञापन बोर्डका सदस्य पनि हुन्। उनी बैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्षसमेत हुन्।

शेरचनको बिहीबार ११ बजे पशुपति आर्यघाटस्थित इलोक्ट्रोनिक शवदाह गृहमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले बनाएको छ। उनका श्रीमती, तीन छोरा र एक छोरी छन्।

प्रकाशित: Aug 19, 2021| 09:15 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।