सोमबार, असोज १९, २०८३

फोहोरले भरिन थाले काठमाडौंका टोल

काठमाडौं महानगरपालिकाको गैरजिम्मेवारपनले जताततै फोहोर थुप्रिएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- काठमाडौं महानगरपालिकाको गैरजिम्मेवारपनले जताततै फोहोर थुप्रिएको छ।

मेयर विद्यासुन्दर शाक्यले फोहोर व्यवस्थापन गर्न नसकी निरिहता देखाउँदा काठमाडौंमा फोहोरको डङ्गुर थुप्रिएको हो। 

वर्षाका कारण फोहोर व्यवस्थापनमा कठिनाई भएको बहाना बनाउँदै काठमाडौं महानगरपालिकाले दुई हप्तादेखि फोहोर उठाएको छैन। जसले गर्दा जताततै दुर्गन्ध फैलिएको महानगरवासीले गुनासो गरेका छन्।

चाँडो फोहोर व्यवस्थापनका लागि पहल गर्नुको सट्टा मेयर शाक्यले फोहोर घरभित्रै व्यवस्थापन गर्न आग्रह गरिरहेका छन्। पछिल्लो समय परेको वर्षाका कारण सडक हिलाम्मे भएको र फोहोर व्यवस्थापन क्षेत्र नुवाकोठको सिस्डोलसम्म सवारी जान नसकेको मेयर शाक्यको बहाना छ।

दुई हप्तादेखि कोठामै फोहोर थुप्रिएर गन्हाउन थालेपछि कतिपयले त रातिराति चोक, सडक र नदी किनारमा फोहोर फाल्न थालेका छन्।

काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाबाट दैनिक औसतमा १ हजार ५४ टन फोहोर सिसडोलमा पुग्ने गरेकोमा अहिले त्यो फोहोर मानिसका कोठा तथा सडकमै थुप्रिएको छ।


प्रकाशित: Aug 19, 2021| 07:48 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।