काठमाडौं- आज फागुन २५ गते शनिबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले विप्लव नेतृत्वको नेपाल कम्पयुनिष्ट पार्टीलाई तह लगाउने बताएका छन्। २३ गतेदेखि कर्णालीमा जारी सुरक्षा गोष्ठिदलाई सम्बोधन गर्न शनिबार सुर्खेत पुगेका गृहमन्त्री थापाले विप्लव अपराधिक गतिविधिमा संलग्न भएको भएको भन्दै सरकारले छिट्टै तह लगाउने बताएका हुन्। वीरेन्द्रनगर सुर्खेतमा पत्रकारसँग थापाले बिप्लवलाई निस्तेज पार्न त्यत्ति ठुलो चुनौती नभएको दावी गरे।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन्।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले शनिबार आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, ‘मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन्।’
मधेशलाई अलग राज्यको माग गर्दै आएका सिके राउत शुक्रबार प्रधानमन्त्री केपी ओलीसँगै एकाएक उदाए। उनी बिहीबार मात्र सर्बोच्चको आदेशबाट तारेखमा रिहा भएका थिए। राष्ट्रिय सभा गृहमा सिके राउत उदाएपछि उनले विखण्डनको मुद्दा छोडेको घोषणा गरियो र एक प्रकारको हर्षोल्लास पनि मनाइयो। तर राउतको उदयले विखण्डनको मुद्दा कति पराजित भयो, त्यो समयले बताउँछ। तर उनको उदयले नेकपा भित्र भने चिरा चर्किएको छ।
दीर्घकालिन र योजनावद्ध विकासका लागि सबैभन्दा पहिले शैक्षिक जनशक्ति जरुरी रहने प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले बताएका छन्। भुसालले शिक्षा विनाको विकास क्षणिक हुने बताए।
भारतिय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटकमा ४१ शतक पुरा गरेका छन् । उनले अष्ट्रेलियासँगको ५ एकदिवसीय सिरिजको तेस्रो खेलमा १ सय २३ रन जोड्दै ओडिआईमा ४१ शतस पुरा गरेका हुन् । तर, उक्त खेलमा कोहलीले शतस प्रहार गरे पनि टोलीलाई जित दिलाउन भने सकेनन् । उक्त खेलमा भारत अष्ट्रेलियासँग ३२ रनले पराजित भएको थियो ।
सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनताले परिर्वतनको अनुभूति गर्न नपाएको बताएका छन्। कञ्चनपुरको भीमदत्तनगरमा मिडिया नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले जनस्तरमा सुधार नभएसम्म जनताले राजनीतिक परिवर्तनको अनुभूति गर्न नसक्ने धारणा राखेका थिए।
नेपाली गीत र साहित्यिक कृतिका शब्दमाथि लामो समयदेखि प्रहार हुँदै आएको छ। इतिहास खोतल्दै जाने हो भने त्यस्ता गीत, कृतिको सूची लामै बन्ला। विगत दुई महिनायताकै घटना हेर्ने हो भने पनि लोकगायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’ बोलको गीतका शब्दमाथि निकै टीकाटिप्पणी भयो। गीतका शब्दप्रति आपत्ति जनाउँदै नेकपा निकट युवासंघका नेताबाट गीत हटाउन पशुपतिलाई धम्की आयो। पशुपतिले दबाब खेप्न सकेनन् र गीत आफ्नो आधिकारिक युट्युब च्यानलबाट नै हटाउनुपर्यो। उक्त विषय त्यत्तिमै सीमित रहेन। संसद्मा समेत यसले स्थान पायो।
नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले दोस्रो विवाह गरेका छन्। २०६४ सालमा गरिएको पहिलो विवाह लामो सममयसम्म चल्न नसकेपछि उनले शनिबार बिहान दोस्रो विवाह गरेका हुन्।
वैदेशिक रोजगार विभागका व्यवसायी संघका अध्यक्ष राेहन गुरुङको घरमा शुक्रबार राति बम विस्फोट भएको छ। गुरुङको बसुन्धरामा रहेको घरमा भएको विस्फोटमा परी केही घाइतेसमेत भएका छन्।
पोखराको हलनचोकमा रहेको ‘क्लब ९९’ मा शुक्रबार राति आगलागी भएको छ। करिब ९ बजेतिर लागेको आगो २ घण्टापछि नियन्त्रणमा आएको थियो।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले रौतहटमा सम्बोधन गर्ने भएका छन्। नेकपाको प्रदेश नम्बर २ कमिटिले आज (शनिबार) आयोजना गर्न लागेको जनसभालाई अध्यक्षद्वयले सम्बोधन गर्न लागेका प्रदेश इन्चार्ज सत्यनारायण मण्डलले जानकारी दिए।
सात सय वर्गफिट जग्गामा बाँसले बारेर बनाइएका ‘ट्रस्ट’। मानसिक अवस्था ठिक नभएका महिला र बलात्कारबाट जन्मिएका बालबालिकाको बसोबास छ त्यहाँ। तीमध्ये एक महिला, जसको मानसिक स्थिति ठिक छैन। गर्भमा सात महिनाको शिशु छ। उनको चीत्कारले जोकसैलाई झसंग पार्छ। उनी फोहोरको डंगुरबाट उद्धार गरेर त्यहाँ पुर्याइएकी हुन् । बलात्कारबाट गर्भवती भएकी ती महिलालाई बलात्कारको अर्थ थाहा छैन। उनले भनिन्, ‘मलाई नराम्ररी छोए तिनीहरूले। नचला नचला भन्दै थिएँ।’
रवीन्द्र अधिकारी दाइसँग मेरो ०५२ सालताका भेट भएको हो। त्यतिबेला उहाँ अनेरास्ववियुका केन्द्रीय कोषाध्यक्ष हुनुहुन्थ्यो। म आरआर क्याम्पसको स्ववियु सचिव थिएँ। त्यस्तै उहाँ पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुनुहुन्थ्यो। त्यसैले हाम्रो सम्बन्ध बाक्लो भएको थियो।
सवारी साधनको उच्च प्रयोगको साथै ठूला निर्माण योजनाको कारण पेट्रोलियम पदार्थको आयात ह्वात्तै बढेको छ। इन्धनको आयात गत आर्थिक वर्षको पहिलो आठ महिनाको तुलनामा करिब ५० प्रतिशतले वृद्धि भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४