सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संघीय सिद्धान्तअनुसार सरकारले काम गरेन : विमलेन्द्र निधि

संघीय सिद्धान्तअनुसार सरकारले काम गरेन : विमलेन्द्र निधि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकारले संघीय सिद्धान्तअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। निधिले मुलुकमा संघीयता कार्यान्वयनमा आएपनि सरकारले प्रदेशहरुलाई अधिकार नदिएर संघीयसिद्धान्तविपरित काम गर्दै आइरहेका बताएका छन्।

‘सरकारले कर्मचारीहरुलाई राजनीतिक आस्थाको आधारमा भेदभाव गरेको छ,’ नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश २ को भेलालाई शनिबार जनकपुरमा सम्बोधन गर्दै निधिले भने,‘राजनीतिक आस्थाको आधारमा तपाईंहरुसँग भेदभाव भइरहेको हामीलाई थाह छ। नडराउनुस नबिराउनुस सरकारको यस्तो गतिविधिविरुद्ध आन्दोलन गर्ने दिन आउँदै छ।’
‘पार्टी र नेताको नामै लिएर कर्मचारीहरुलाई त्रास देखाउने काम भइरहेको छ,’ उनले भने,‘ यो प्रशासन सञ्चालन गर्ने तरिका होइन्। कर्मचारीलाई डराउने होइन, मनोबल बढाउने हो।’ उच्च मनोबलका साथ आ–आफ्नो कार्यक्षेत्रमा निर्भिक्क भएर काम गर्न उनले कर्मचारीहरुलाई आग्रह गरे।

संघीय सरकार मात्र नभइ प्रदेश सरकारले पनि राजनीतिक आस्थाको आधारमा कर्मचारीहरुसँग भेदभाव गरिरहेको निधिको गुनासो थियो।‘प्रदेशलाई अधिकार सम्पत्र बनाउन हामीले प्रहरी ऐन ल्याउन सहयोग गरेका छौं,’ उनले भने,‘अहिले अधिकार नहुँदा त यस्तो छ, अधिकार पाइसकेपछि के हुने हो?’ 

पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका उपसभापति निधले प्रदेश सरकारको आफ्नै प्रहरी र प्रशासन नभएसम्म संघीय संरचनाले पूर्णता पाउन नसक्ने दाबी गरेका छन्।
‘संघीय मान्यताअनुसार सबै प्रदेशको आफ्नै प्रहरी हुनुपर्दछ,’ निधिले भने,‘प्रहरी भर्ना, परिचालन, समान्य रेखदेखजस्ता अधिकार प्रदेश सरकारले पाउनु पर्दछ। यी अधिकार नपाए प्रादेशिक सरकार र संघीयताको कुनै अर्थ रहँदैन्।’

सातबटै प्रदेशमा प्रहरी प्रमुखको रुपमा आईजीपी नियुक्त गर्ने अधिकार प्रदेश सरकारले पाउनुपर्ने भन्दै निधिले सई÷असईसम्मका प्रहरी कर्मचारी परिचालन गर्नु भनेको अधिकार दिन नखोज्नु रहेको बताए।

संघीय सरकारले ल्याएको प्रहरी, प्रशासनसम्बन्धी विधेयकहरु प्रदेश सरकारलाई कमजोर बनाउन अधिनायकवादी र केन्द्रिकृत सोचको रहेको उनको आरोप थियो।

नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश २ का अध्यक्ष राजकिशोर राउतको अध्यक्षतामा सम्पत्र कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवलगायतका नेताहरुले सम्बोधन गरेका थिए। भेलामा युनियन (संघ) आवद्ध प्रदेश २ का साथै अन्य प्रदेशका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।