सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकार र सिके राउत बीचको सहमतिप्रति नेता रावलको विमति

सरकार र सिके राउत बीचको सहमतिप्रति नेता रावलको विमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन्। 

रिपोटर्स क्लबद्वारा शनिबार आयोजना गरेको साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति फिर्ता लिएँ भन्ने शब्द कहीँकतै नदेखिएको भन्दै आपत्ति जनाएका हुन्। 

‘पहिलो त सङ्गठनको नाम नै स्वतन्त्र मधेश राख्नु गलत छ, दोस्रो सिके राउतले संविधानको मर्मविपरीत गएर राष्ट्र विखण्डन गर्ने विषयलाई पटकपटक उठाउँदै आउनुभएको छ, तर ती अभिव्यक्ति फिर्ता लिएको सहमतिपत्रमा उल्लेख छैन’, उनले भने। 

सहमतिपत्रमा स्वतन्त्र मधेश र जनमत सङ्ग्रहजस्ता आपत्तिजनक शब्द राखिएको भन्दै नेता रावलले त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग गरे। नेकपाभित्र कुनै छलफल नै नगरी अपारदर्शी ढङ्गबाट सहमति गर्नुभएको भन्दै उनले सहमतिले कुनै पनि बेला राष्ट्रलाई आघात पुग्न सक्ने बताए। पार्टीभित्र गहन छलफल गरेर सहमतिपत्रलाई सच्याउनुपर्ने उनको माग छ। 

‘देशलाई शान्तिको बाटोमा, समृद्धिको बाटोमा अगाडि बढाउन विभिन्न सङ्घ÷सङ्गठनसँग सहमति गर्नुपर्छ, तर त्यस्ता सहमति गर्दा त्यसको निश्चित उद्देश्य हुन्छ, जसले राष्ट्रलाई आघात पुग्नु हुँदैन, देशको स्वतन्त्रमा नसकारात्मक प्रभाव पर्नु हुँदैन’, उनले भने।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।