सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

बनियानी – उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुकमा द्वन्द्वको खेती गर्नेहरु विफल बन्दै गएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाले शनिबार आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री पोखरेलले भने, ‘मुलुकमा द्वन्द्वको खेती गरेर अस्थिरता मच्चाउने र सरकारलाई कमजोर बनाउने शक्तिहरु विफल बन्दै गएका छन्।’ 

विदेशी शक्तिले केही पार्टीका नेतालाई आफ्नो देशमा बोलाएर प्रशिक्षण दिने र अस्थिरता सिर्जना गर्ने गतिविधि भइरहेको उनले बताए। ‘द्वन्द्वकाल अघिपछिका मुद्दा उठाएर पार्टी र सरकारलाई कमजोर बनाउने प्रयास भइरहेको छ’, उनले भने, ‘त्यसो चालबाजी हामीलाई थाहा छ, देशका सबै समस्या समधान गर्न सरकार समक्ष छ।’

भर्खरै सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको चर्चा गर्दै उनले यसले मुलुक निर्माणमा सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे। आगामी आर्थिक वर्षमा वृद्ध भत्ता रू पाँच हजार बनाइने बताउँदै रक्षामन्त्री पोखरेलले भने, ‘नेकपाले चुनावताका गरेका घोषणा पूरा गर्छ।’ 

हाल समृद्धिको जग बसाउने काम भइरहेकाले आगामी दिनमा समृद्धिको यात्राले क्रमशः पूर्णता पाउँदै जाने उनको भनाइ थियो। मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता कम्युनिष्टको विरोध गर्ने शक्तिको टाउको दुखाइको विषय बनेको उनले बताए। ‘कम्युनिष्टबीचको एकता अहिले टाउको दुखाइको विषय बनेको छ’, उनले भने, ‘केही स्वार्थपरक तत्व एकतामा भाँजो हाल्न लागि परेका छन् । त्यो असफल हुने निश्चित छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।