भैरहवा – दीर्घकालिन र योजनावद्ध विकासका लागि सबैभन्दा पहिले शैक्षिक जनशक्ति जरुरी रहने प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले बताएका छन्। भुसालले शिक्षा विनाको विकास क्षणिक हुने बताए।
उनले भने ‘सबैलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातवरण भयो भने विकास स्वभाविक रुपमा अगाडी बढ्दछ। ’ उनले १० वर्षमा सार्वजनिक शिक्षा राम्रो नभए मुलुक सफल हुन नसक्ने बताए। ‘शिक्षाले विकासलाई जोड्छ, प्रविधिलाई जोड्छ, हरेक क्षेत्रमा शिक्षा चाहिन्छ। भैरहवा नमुना मावि सिद्धार्थनगर–५, रुपन्देहीको ६६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले शिक्षाको गुणस्तर राम्रो नभए राज्य अगाडि बढ्न नसक्ने पनि बताए।
कार्यक्रममा प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेयले राज्यले शिक्षामा जोड दिने बताए। सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले स्थानीय सरकारले शिक्षालाई प्राथमिकता दिएको बताए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अग्रवालले समाज रुपान्तरणकोलागी शिक्षाको जरुरी रहेको बताए। उनले शिक्षाकोलागी सबैको सहयोग र सहकार्य जरुरी रहेको बताए। कार्यक्रममा विद्यालयका निमित्त प्राचार्य चुन्न प्रसाद पाण्डेले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै कार्यक्रममा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण, छात्रवृत्तिका संस्थापकहरुलाई सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समेत भएको थियो। समाजसेवी पुरन प्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४