आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • ईपीएसमा नबिल अगाडि, नोक्सानी धान्ने क्षमता एभरेस्टको बढी

ईपीएसमा नबिल अगाडि, नोक्सानी धान्ने क्षमता एभरेस्टको बढी

बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण हेर्दा गत आवमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) कायम गर्न नबिल बैंक सफल बनेको छ। नबिलको ईपीएस ३३ रुपैयाँ ४० पैसा छ। यसपछि कृषि विकास बैंकको ३० रुपैयाँ ६५ पैसा रहेको छ।
 |  बिहीबार, भदौ ३, २०७८
nespernesper

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, भदौ ३, २०७८

vianetvianet

काठमाडौं- पछिल्लो समयमा सेयर बजार उकालो लागेर दैनिक नयाँ 'रेकर्ड' कायम भइरहेको छ। बुधबार नेप्से ३१९८ अंकको उचाइमा पुग्यो भने २१ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सेयर बजारमा लगानीका विषयमा पर्याप्त ज्ञान र विश्लेषणको अभावमा बजारले अपेक्षित ट्रेन्ड नलिएर केही लगानीकर्ताले भने गुमाइरहेका पनि हुन्छन्।

triton college

लगानीकर्ताहरूले कुन कम्पनीको सेयरमा कहिले लगानी गर्ने कहिले बिक्री गर्ने भन्ने विषयमा विशेषगरी दुई प्रकारको विश्लेषण गरिन्छ। आधारभूत विश्लेषणका लागि कम्पनीहरूले बेलाबेलामा जारी गर्ने वित्तीय विवरणको मुख्य भूमिका हुने मानिन्छ भने प्राविधिक विश्लेषणमा यो विषयलाई त्यति धेरै महत्त्व दिइँदैन। लगानीकर्ताहरूले सेयर किनेर लामो अवधि होल्ड गर्ने र प्रतिफल लिने योजना बनाउने भएकाले कम्पनीका वित्तीय विवरणको विश्लेषणले केही हदसम्म सहयोग पनि गरिहेको हुन्छ। यद्यपि, कुन कम्पनीले कस्तो प्रतिफल दिन्छ र कतिसम्म सेयर मूल्य बढ्छ भन्ने कुनै निश्चित भने हुँदैन। आधारभूत र प्राविधिक दुवै किसिमका विश्लेषणबाट अनुमान मात्र लगाइने हो। 

बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण हेर्दा गत आवमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) कायम गर्न नबिल बैंक सफल बनेको छ। नबिलको ईपीएस ३३ रुपैयाँ ४० पैसा छ।

दोस्रो बजारमा नेपालका २६ वटा वाणिज्य बैंकको कारोबार हुने गरेको छ। यी बैंकहरूको प्रतिसेयर आम्दानी (ईपीएस)लाई पनि लगानीकर्ताहरूले महत्त्वका साथ लिने गरेका छन्। ईपीएसका आधारमा प्रतिफलको अनुमान लगाइने भएकाले यसलाई महत्त्वका साथ लिने गरिएको हो। यद्यपि यो पनि अनुमान मात्र हो।  

बैंकहरूले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण हेर्दा गत आवमा सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) कायम गर्न नबिल बैंक सफल बनेको छ। नबिलको ईपीएस ३३ रुपैयाँ ४० पैसा छ। यसपछि कृषि विकास बैंकको ३० रुपैयाँ ६५ पैसा रहेको छ । 

वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम प्रतिसेयर आम्दानी सिभिल बैंकको ६.७८ रुपैयाँ मात्र छ। त्यस्तैगरी कम प्रतिफल दिने बैंकहरूमा सेन्चुरी बैंक र नेपाल एसबीआई बैंक रहेका छन्। यी बैंकको प्रतिसेयर आम्दानी क्रमशः ८.३० र १०.१२ रुपैयाँ छ।

National life insurance

बैंकहरूको ईपीएस, लोनलस प्रोभिजन र खराब कर्जाको विवरण (चौथो त्रैमासिकको विवरणअनुसार) 

नोक्सान धान्न सक्ने क्षमता सबैभन्दा बढी एभरेस्टमा, खराब कर्जा सबैभन्दा कम

२६ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नोक्सान धान्न सक्ने क्षमता एभरेस्ट बैंकसँग देखिएको छ। बैंकले गत आर्थिक वर्षमा कुल खराब कर्जाका तुलनामा १३११ प्रतिशत बढी लोन लस प्रोभिजन (कर्जा नोक्सानीबापत कायम गर्नुपर्ने व्यवस्था) गरेको थियो। वाणिज्य बैंकहरूमध्येकै यो सबैभन्दा बढी हो। 

बैंकहरूले लोनलस प्रोभिजन दुई प्रकारले गर्ने गरेका छन्। पहिलो बैंकले प्रवाह गरेको ऋण खराब कर्जामा परिणत हुने भएपछि र अर्को नोक्सानलाई धान्न सक्ने क्षमता बढाउनका लागि पनि यस्तो व्यवस्था गरिन्छ। 

नबिल बैंकका सहायक महाप्रबन्धक मनोज ज्ञवालीका अनुसार बैंकको लोनलस प्रोभिजन बढेमा सो बैंकको खराब कर्जा बढेको हुन सक्छ। उक्त संस्थाले प्रवाह गरेको कर्जा खराब भएको हुन सक्ने उनको भनाइ छ। त्यस्तै अर्को भनेको गत वैशाखदेखि नेपाल राष्ट्र बैंकले असल कर्जाको हकमा पनि १.३ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरेको थियो। त्यसले पनि गत आर्थिक वर्षमा लोनलस प्रभिजन बढेको छ।

एभरेस्टको लोनलस प्रोभिजन बढी राखेको कारण कुसनमा बसेको भन्न सकिने उनले बताए। एभरेस्टको खराब कर्जा पनि ०.१२ प्रतिशत मात्र छ।

'यो व्यवस्थाका कारण लोन लस प्रोभिजनिङ बढाइएको हो भने त्यसलाई राम्रो मान्नुपर्ने हुन्छ। लोन लस प्रोभिजनिङले बैंकको कर्जा नोक्सानी धान्ने क्षमता (लस बियरिङ क्यापासिटी) बढी भएको  देखाउँछ,' ज्ञवालीले भने, 'खराव कर्जा (एनपीएल) बढेका कारण लोनलस प्रोभिजन बढ्नु भनेको बैंकहरूको नोक्सान धान्न सक्ने अवस्था कम हुनु हो। तर राष्ट्र बैंकले गरेको व्यवस्थाका कारण प्रोभिजन बढ्नु भनेको बैंकहरू कुसनमा बस्नु हो।' 

एभरेस्टको लोनलस प्रोभिजन बढी राखेको कारण कुसनमा बसेको भन्न सकिने उनले बताए। एभरेस्टको खराब कर्जा पनि ०.१२ प्रतिशत मात्र छ। त्यस्तै दोस्रो कुसनमा बस्ने बैंकमा सानिमा बैंक छ। खराब कर्जा ०.१६ प्रतिशत मात्र भएको सानिमाको लोनलस प्रोभिजन ११०३.५८ प्रतिशत छ। 

नेपाल एसबीआई बैंकको लोनलस प्रोभिजन ७४२.७० प्रतिशत छ भने खराब कर्जा जम्मा ०.२३ प्रतिशत मात्र छ। 

'नेपाल राष्ट्र बैंकले गत वैशाखदेखि लोनलस प्रोभिजनलाई ०.३ प्रतिशतले बढाएर १.३ प्रतिशतमा पुर्‍याएकाले खराब कर्जाको अनुपातमा नोक्सानी धान्ने क्षमता बढेको हो,' नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले बताए, 'लोन लस प्रोभिजनले बैंकहरूलाई कुसन प्रदान गर्छ।' उनका अनुसार यो कुसनले बैंकहरूको नोक्सानी धान्न सक्ने क्षमता बढाउने भएकाले समस्या कम हुन्छ।

बैंकहरूले प्रकाशित गरेको तथ्यांक अनुसार सबैभन्दा बढी खराव कर्जा सिटिजन्स बैंक इन्टरनेसनलको छ। बैंकले खराब कर्जाका तुलनामा ९७ प्रतिशत रकम मात्र लोनलस प्रोभिजनका लागि छुट्याएको छ। बैंकको खराब कर्जा बढ्ने बैंकरको विश्लेषण छ।

प्रकाशित: Aug 19, 2021| 06:38 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्