बुधबार, चैत ६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

नवनियुक्त प्रदेश प्रमुख मिश्रलाई जनकपुर विमानस्थलमा भव्य स्वागत

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ।
 |  बुधबार, भदौ २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २, २०७८

जनकपुरधाम– प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रलाई जनकपुरधाम विमानस्थलमा भव्य स्वागत गरिएको छ। मंगलबार शपथ ग्रहणपछि आज जनकपुर आइपुगेका प्रदेश प्रमुख मिश्रलाई विमानस्थलमा भव्य स्वागत गरिएको हो। 

health

प्रदेश प्रमुखको स्वागतका लागि प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवका साथै सयौँ कांग्रेसी कार्यकर्ताहरु विमानस्थल पुगेका थिए। उनलाई मन्त्री यादवले माला लगाएर स्वागत गरेका थिए। 

विमानस्थलमा स्वागतपछि प्रदेश प्रमुख मिश्र प्रदेश प्रमुखको कार्यालय पुगेर पदभार समेत ग्रहण गरेका छन्। 

मिश्रलाई सोमबार मन्त्रीपरिषदले गरेको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्। मंगलबार साँझ नै प्रदेश प्रमुख मिश्रले शपथ समेत ग्रहण गरेका थिए। पदभार ग्रहण गर्दै प्रमुख मिश्रले अब शान्ति र अमनचयनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताउँदै प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने बताए ।

आफू नेपाली कांग्रेसबाट प्रदेश प्रमुखमा नियुक्त भए पनि अब कुनै पार्टीको व्यक्ति नभएको उनले बताए। भने, ‘अब म समग्र देशको मान्छे हुँ, कुनै पार्टीको मान्छे होइन। अब समग्र देशका लागि काम गर्छु।’

प्रकाशित: Aug 18, 2021| 15:48 बुधबार, भदौ २, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।