शनिबार, साउन १६, २०८३

किम-ट्रम्प वार्ता विना सम्झौता टुङ्गियो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं – अमेरिका–उत्तर कोरियाबीच भएको दोस्रोपटकको वार्ता बिना निष्कर्ष टुंगिएको छ। कोरियाली प्रायद्विपलाई आणविक हतियाररहित बनाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको राजधानी हनोईमा बिहीबार भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो। दुई नेताबीच गत जुन १९ मा सिंगापुरमा वार्ता भएको थियो।

उत्तर कोरियासँग रहेका सबै आणविक हतियार निष्क्रिय पार्नुपर्ने अमेरिकी सर्त छ। तर त्यसलाई उत्तर कोरियाले अस्वीकार गर्दै आफूमाथि लगाइएका आर्थिक नाकाबन्दी फुकुवा गर्नुपर्ने बताउँदै आएको छ।

सन् १९५० को दशकमा अमेरिका र उत्तर कोरियाबीच युद्ध भएको थियो। त्यसै बेला भएको युद्धविराम हालसम्म जारी छ। तर दुवै पक्ष युद्धकै तयारीमा छन्। युद्धले नै सिङ्गो कोरियाली प्रायद्विपलाई दुई मुलुकमा विभक्त गरिदिएको थियो। दक्षिणी भूभाग (दक्षिण कोरिया) मा अमेरिका परस्त कोरियालीको कब्जामा छ। त्यसैले त्यहाँ अमेरिकी सेनाको बलियो उपस्थिति छ।

उत्तरतिरको भूभाग साम्यवादीहरुको नियन्त्रणमा छ। जसलाई उत्तर कोरिया भनिन्छ। यी दुई मुलुकबीचको सिमामा पृथ्वीको ३८ डिग्री उत्तरी अक्षांशलाई समानान्तर पारेर बनाइएको छ। जसलाई ३८ समानान्तर भनिन्छ।

दोस्रो विश्वयुद्धपछि विश्व दुई ध्रुवमा विभाजित भएको थियो – साम्यवादी र पुँजीवादी खेमामा। शीतयुद्दको समयभर उत्तर कोरिया साम्यवादी खेमातर्फ लाग्यो भने दक्षिण कोरिया पुँजीवादीतर्फ लाग्यो। साम्यवादी खेमाको नेतृत्व सोभियत संघ र पुँजीवादी कित्ताको नेतृन्व अमेरिकाले गरेको थियो।

राजनीतिक सिद्धान्त र आर्थिक स्वरुपका प्राविधिक कुराबारे कुरा नमिल्दा ती मुलुक विभाजित छन्। आफ्नो मुलुक कुनै पनि हालतमा अमेरिकी धुरीरका मुलुकको नियन्त्रणमा जान नदिन उत्तर कोरियाले धेरै घातक हातहतियार निर्माण तर्फ राज्यकोष खर्च गर्न थाल्यो। हुँदा हुँदा उसले आम विनाशकारी अणु बम पनि निर्माण गर्‍यो। हुन त शान्तिपूर्ण ढंगले ऊर्जा उत्पादन मात्र गर्नका लागि सुरु गरिएको आणविक प्रशोधन कार्यक्रम सन् १९९० को दशकमा आइपुग्दा अणुअश्त्रसमेत बनाउन थालेको भनेर दक्षिण कोरिया, जापान र अमेरिकाले आरोप लगाउन थाले।

उक्त आरोप उत्तर कोरियाले भने खण्डन गरी नै रह्यो। एक्काइसौं शताब्दीको सुरुका वर्षमा उत्तर कोरियाले खुलेरै अमेरिका, दक्षिण कोरिया र जापानविरुद्ध आमविनाशकारी हातियार निर्माण एवं सञ्चय गरेको खुलासा गर्न थाल्यो। त्यसबाट दक्षिण कोरिया, जापान र अमेरिकालाई अत्यन्त चिन्तित तुल्याउन थाल्यो। 

स्थिति बिग्रन नदिन अमेरिकाले विगत डेढ दशकदेखि विभिन्न माध्यमहरुको प्रयोगबाट वार्ता पहल गर्दै आएको छ। त्यस क्रममा रुस, चीन, दक्षिण कोरिया, जापान, अमेरिका र उत्तर कोरिया गरी छ वटा मुलुकहरु मिलाएर एउटा वार्ता टोली बनाइयो। यसलाई ‘सिक्स पार्टी’ भनिन्छ। ‘सिक्स पार्टी’ कै माध्यमबाट समस्या हल हुन नसकेपछि अमेरिकी सरकारकै पहलमा उपाय खोजिन थाल्यो। तत्कालीन अमेरिकी परराष्ट्रमन्त्री मेडेलिन अल्ब्राइटले शान्तिको सन्देश बोकेर उत्तर कोरियाको भ्रमण गरिन्। अमेरिकी कूटनीतिज्ञ क्रिस्टोफर हिलले पनि धेरै प्रयत्न गरे। ओबामा प्रशासनताका यस क्षेत्रमा प्रगति भएन। वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने प्रत्यक्ष रुपमा आफैं संलग्न भएर उत्तर कोरियासँग वार्ताका पर्याप्त पहल गर्दै आएका छन्।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले पनि समस्या समाधान गरी आफ्नो मुलुकलाई विस्तारै आधुनिक युग सुहाउँदो सामाजिक आर्थिक रुपान्तरणका मार्गमा अघि बढाउन चाहेको बुझिन्छ। त्यसै कारण हुनुपर्छ उनकै तदारुकतामा ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट वार्ता सम्भव भएको हो। सिंगापुरमा सम्पन्न भेट वार्तामा उत्तर कोरियालाई आणविक अस्त्रबाट मुक्त गर्दै लैजाने प्रस्तावमा सहमति भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।