शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यसरी निकालियो मन्‍त्री अधिकारीसहित ७ जनाको शव (भिडियो)

यसरी निकालियो मन्‍त्री अधिकारीसहित ७ जनाको शव (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ताप्लेजुङ- हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको उद्धार निकै कष्टपूर्ण तरिकाले गरिएको छ । बुधबार दिउँसो भएको दुर्घटनामा ज्यान गुमाएका मध्ये ४ जनाको बुधबार र ३ जनाको शव बिहिबार बिहान निकालिएको छ । 

निकै खोचमा रहेको शव बुधबार दिनभर प्रयास गरिए पनि भारी हिमपात र वर्षाका कारण सम्भव भएको थिएन । निकै कष्टपूर्ण तरिकाले शव निकालिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री   अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार   ताप्लेजुङको दारेभीरमा दुर्घटनामा परेको थियो । 

 दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका     सरकारी स्वकीय सचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी, नागरिक उड्डयन प्राधिकरणका   उपनिर्देशक विरेन्द्र प्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे, नागरिक उड्डयन   प्राधिकरणका इन्जिनियर धुर्वदाश घोचिमियाको निधन भएको छ ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।