काठमाडौं- आज फागुन १५ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।
हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधनप्रति दुस्ख व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म परिवर्तन नरोकिए नेपालमा हिन्दु, बुद्धिस्ट र किरात अल्पमतमा पर्ने चेतावनी दिएका छन् । ताप्लेजुङको फुङलिङमा बुधबार मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा शुभारम्भ गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।
नेपाली राष्ट्रिय टोलीका लेग ब्रेक स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल)मा बुधबार भएको आफ्नो तस्रो खेलमा उत्कृष्ट बलिङ गरेका छन् । उनले क्वेटा ग्लाडियटर्सविरुद्धको खेलमा चार ओरभ बलिङ गर्दै चार विकेट लिए ।
कैलालीको टीकापुरमा साढे तीन वर्ष पहिले सुरक्षाकर्मी र नावालकसहित आठको ज्यान जाने गरी भएको नरसंहार मुद्दाको बुधबार जिल्ला अदालत कैलालीमा बहस सुरु भएको छ।
नेकपाका स्थायी समिति सदस्य तथा ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा भएको दुर्घटनका सम्बन्धमा प्रश्न उठाएका छन्। त्यस क्षेत्रमा सानो हेलिकोप्टरमा ५ जना भन्दा बढि यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको हेलिकोप्टरमा ७ जना किन राखियो भन्दै भट्टराईले प्रश्न उठाएका छन्।
बुधबार दिउसो १ वजे संघिय पर्यटन मन्त्री रविन्द्र अधिकारी सवार एयर डाइनास्टि ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ। मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको दुर्घटना नै ताप्लेजुङको अन्तिम दुर्घटना भने हैन।
रवीन्द्र अधिकरी जब पहिलोपल्ट अखिलका केन्द्रीय सदस्य निर्वाचित भए तब उनको पहिचान चुलियो। अखिलका सबैभन्दा कम उमेरका केन्द्रीय सदस्य थिए उनी। त्यसैले उनलाई सबैले कान्छो केन्द्रीय सदस्य भन्न लागे। उनको यो पहिचान लामो समय चल्यो।
आज दिउसो १ बजे पाथिभरा मन्दिरबाट फर्कने क्रममा पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा पर्यो। दुर्घटनामा देशले पर्यटन क्षेत्रका धेरै विशिष्ठ व्याक्तित्वहरु गुमाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। साढे एक बजेतिर ताप्लेजुङको दारेडाँडाको भिरमा कल साइन एएमआई (अल्फा माइक इन्डिया) को हेलिकोप्टर ठोक्किएर टुक्राटुक्रा भएको छ।
ताप्लेजुङको पाथीभर मन्दिर नजिकै दारेडाँडामा बुधबार दिउँसो एयर डाइनास्टीको हेलिकोप्टर दुर्घटनामा परी पर्यटन, संस्कृति एवम् नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित ६ जनाको निधन भएको छ। नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा परेका ७ जनाकै निधन भएको पुष्टि गरेको छ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएपछि केही बेरमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा परेको छ। साढे एक बजेतिर ताप्लेजुङको दारेडाँडा नजिकै एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनामा परेको हो।
सन् १९४७ मा ब्रिटिश शासनबाट मुक्त भएसँगै भारत र पाकिस्तान छुट्टिएर नयाँ स्वतन्त्र राष्ट्र बने।
नेकपा एकीकरणका लागि गठित कार्यदलका बहुमत सदस्यहरूले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति आपत्ति जनाउँदै अलग्गै प्रतिवेदन बुझाएपछि नेकपाको आन्तरिक राजनीतिक तरंगित भएको छ।
भारत पाकिस्तानबीच तनाव बढ्दै गएपछि नेपालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।
नेपाल र भारत जल तथा उर्जा विज्ञहरुको संयुक्त तेस्रो बैठक बुधबारदेखि सुरु हुँदैछ । बैठकमा दुई देशको हितमा हुने गरि जलस्रोतको उपयोग कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
चितवनको भरतपुरमा एम्बुलेन्स र म्याजिक जीप ठोक्किदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।
फरक विषयको रिपोर्टिङ गर्न काभ्रेको मन्डन देउपुरबाट फर्किंदै गर्दा हाम्रो नजर जैसीथोकस्थित ढकमक्क फुलेका काउलीतर्फ सोझियो । मनमोहक लाग्ने काउलीखेतीमा काम गर्दै गरेका किसानसँग दुईवटा काउली काटन आग्रह गर्यो । किसानले हामीले भनेकै काउली काटेर झोलामा हालिदिए । लगभग पाँच केजी काउलीको पैसा दिँदा किसानले लिन मानेनन् ।
समायोजन प्रक्रियामा असहमति जनाउँदै सरकारी चिकित्सकहरूले अनिश्चितकालसम्मका लागि देशभरका अस्पताल ठप्प पारेका छन् ।
डडेल्धुरामा घरमा आगलागी हुदा एक बालिकाको ज्यान गएको छ भने एक बालिका गम्भीर घाईते भएकी छिन् ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार (आज) वार्ता हुँदैछ ।
कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेका पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताहरु पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त) प्रवेश गर्ने भएका छन् ।
स्पेनिस कोपा डेल’रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस महारथिद्वय बार्सिलोना र रियल मड्रिड भिड्ने भएका छन् । खेल रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुने छ ।
भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४