काठमाडौं - हेलिकोप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधनप्रति दुस्ख व्यक्त गर्दै सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को बुधबार बेलुका बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। मन्त्री अधिकारी सवार हेलिकोप्टर दुर्घटनामा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ।
दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन पेस गर्न गठित समितिमा पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजक रहेका छन्। समिति सदस्यमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।
बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४