शनिबार, साउन १६, २०८३

योगेशको प्रश्न : हेलिकोप्टरमा किन राखियो सात जना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपाका स्थायी समिति सदस्य तथा ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा भएको दुर्घटनका सम्बन्धमा प्रश्न उठाएका छन्। त्यस क्षेत्रमा सानो हेलिकोप्टरमा ५ जना भन्दा बढि यात्रु राख्न नमिल्नेमा बुधबार दुर्घटना भएको हेलिकोप्टरमा ७ जना किन राखियो भन्दै भट्टराईले प्रश्न उठाएका छन्। 

बुधबार साझ सामाजिक संजलामा एक लेख्दै नेता भट्टराईले यस्तो प्रश्न उठाएका हुन्। 

उनले आफ्नो स्टाटसमा लेखेका छन् ‘भीआइपी उडानमा पाइलट सहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेरमात्र पाथिभरा उडान गर्दै आएका छन् पाइलटहरुले। तर, आज मौसम् खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो? समयले उत्तर माग्छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।