शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किन ताप्लेजुङमा धेरै हेलिकोप्टर दुर्घटना? यस्ता छन् पाइलटका तर्क

किन ताप्लेजुङमा धेरै हेलिकोप्टर दुर्घटना? यस्ता छन् पाइलटका तर्क

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी – बुधबार दिउसो १ वजे संघिय पर्यटन मन्त्री  रविन्द्र अधिकारी सवार एयर डाइनास्टि ताप्लेजुङमा दुर्घटनाग्रस्त भएको छ। मन्त्री अधिकारीसहित हेलिकोप्टरमा सवार ७ जनाको मृत्यु भएको दुर्घटना नै ताप्लेजुङको अन्तिम दुर्घटना भने हैन। 

२०६३ असोज ७ गते ताप्लेजुङमा अर्को दुर्घटना भएको थियो। तत्कालिन वन तथा भूसंरक्षण राज्य मन्त्री गोपाल राई र वरिष्ठ भूगर्वविद् डा. हर्क गुरुङसहित २४ जनाको ज्यान जाने हेलिकप्टर दुर्घटना पनि ताप्लेजुङमै भएको थियो। घुन्साको धुन्चे भन्ने पाहाडमा ठोक्किएर उक्त दुर्घटना भएको थियो। 

किन बारम्बार ताप्लेजुङ मै हुन्छ धेरै हेलिकोप्टर दुर्घटना? यस बारेमा नेपाल समयले  सिम्रिम एयरका  हेलिकोप्टर क्याप्टेन राजेन्द्र दुवालसँग कुराकानी गरेको छ। बुधबार दुर्घटना भएको पाथिभरा  क्षेत्रसहित ताप्लेजुङका अन्य क्षेत्रमा धेरै हेलिकोप्टर उडाएका क्याप्टेनका दुवाल दुर्घटना बारेमा यस्तो भन्छनः

ताप्लेजुङको हेलि उडानको चूनौति मौसम र भूगोल

पाथिभरा  क्षेत्रमा हेलिकोप्टर उडाउन सबैभन्दा ठुलो समस्या भनेको मौसमको पटकपटको फेरबदली हो। एकै छिनमा हुस्सु र बादल लाग्ने। एकै छिनमा हराउने त्यहाँ भइरहन्छ। मौसम बदलिरहने ठाँउ हो पाथिभरा क्षेत्र। मैले भेडेटारबाट पाथिभरा उडान गर्दा यो अनुभव गरेको छु। ताप्लेजुङका अन्य उत्तरी क्षेत्रमा पनि यस्तै समस्या देखिन्छ।
 
मौसम सहित भिन्नभिन्न उचाहिका डाँडाकाँडा र थुम्काहरुको कारणले पनि ताप्लेजुङमा हेलिकप्टर उडाउदा सजक हुनुपर्छ। एकै उचाहिमा पाहाडहरु नभएर भिन्नभिन्न उचाहिमा भिन्नभिन्न उचाहिका पाहाडहरु छन्। एउटै उचाहिमा उडाउन मिल्दैन। एकदमै ध्यान दिएर उडाउनु पर्छ।

मौसम अनुमान हेरेर मात्रै उडान गर्नु राम्रो

ताप्लेजुङमा उडान हुने हेलिकोप्टर उडान गर्न वेदर फोरकास्टमा ध्यान दिनैपर्छ। वेदर नहेरिकन उडान गरेमा समस्या आउन सक्छ। हाम्रो नियमले पनि बादलमा वा हुस्सुमा हेलिकोप्टर उडाउन दिदैन। सुरक्षाका हिसाबमा पनि यो ध्यान दिनुपर्ने कुरा हो। 

हुस्सुमा वा बादलले छोप्दा यस्तो सतर्कता अपनाउने

प्लेनको तुलनामा हेलिकप्टर दुर्घटना कम हुन्छ। किनभने हेलिकोप्टरमा यू टर्न गर्न सकिन्छ। प्लेनमा सकिन्न।  तरपनि कहिलेकाहि दुर्घटना हुन्छ। यसो हुनुमा मौसम र वायर मुख्य समस्या हुन्। मौसमका समस्यामा बादल, हुस्सु र कुहिरोका समस्याहरु पर्छन। हिँउ पर्दाको समस्या पनि मौसमकै समस्या हो। 

वायरको समस्या  हाइटेन्सनसँग जोडिन्छ। हाइटेन्सनको अर्थिङ वायरका कारणले पनि हेलिकप्टर दुर्घटना हुन्छ। भूकम्पका कारणले  सिन्धुपाल्चोकमा भएको हेलिकप्टर दुर्घटनाको कारण नै हाइटेन्सनको वायर रहेको थियो। 

वायरको कारणले हुने दुर्घटना कम गर्न कहाँ कहाँ हाइटेन्सन छन्, त्यो जानकारी पाइलटलाइ सम्बन्धित निकायले दिनुपर्छ। नेपालको भुगोल  ८ सय ८५ किलोमिटर हाराहारीको छ।   उचाहि भने ६० मिटर देखी ८ हजार ८ सय ४८ मिटरसम्म छ। यस्तो  अवस्था भएकाले यस्ता सबै समस्याहरुको जानकारी  पाइलटलाइ दिनुपर्छ।
 
मौसमकै कारण हुने दुर्घटना कम गर्न विभिन्न तरिका लाउन सकिन्छ।  पावर हेर्नुपर्छ। सबैभन्दा पहिले स्पिड घटाउनुपर्छ। जिपिएर र जाइरो  नामक यन्त्रहरु हेरेर कुन उचाहि र कता ढल्केको छ हेलिकोप्टर त्यो हेर्नुपर्छ।  जाइकाले पोजिसन देखाउँछ। अनि बादलले अचानक छोप्यो वा  हुस्सुमा अचानक हराइएमा पाइलटले यू टर्न गरेर पहिलेकै बाटो फर्कने  वा कुनै सेफ साइड खोजेर ल्यान्ड गर्नुपर्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।