काठमाडौं : नेकपा एकीकरणका लागि गठित कार्यदलका बहुमत सदस्यहरूले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति आपत्ति जनाउँदै अलग्गै प्रतिवेदन बुझाएपछि नेकपाको आन्तरिक राजनीतिक तरंगित भएको छ।
स्थायी समिति बैठकले गठन गरेको कार्यदललाई नेतृत्वबाटै बाइपास गर्न खोजेको भन्दै त्यसमा सदस्यहरूले आपत्ति जनाएका छन् । स्रोतका अनुसार ९ सदस्यीय कार्यदलका सदस्यमध्ये बहुमत (५) ले यस्तो आपत्ति जनाउँदै प्रतिवेदन बुझाएका हुन् ।
‘कार्यदलका सदस्यहरूले अनुरोध गर्दासमेत बैठक बोलाइएन । १७ दिनपछि माघ २४ मा प्रतिवेदन बुझाउने निर्णय गर्न भनेर बैठक बोलाइयो तर कार्यदललाई दिइएका सबै विषयमा एक पटक छलफलसम्म पनि नगरी अधूरो प्रतिवेदन बुझाउने कुरामा सहमति हुन सकेन’, प्रतिवेदनमा उल्लेख छ।
‘कार्यदलका सदस्यहरू बैठकमा बसेर घनीभूत ढंगले छलफल गरी निर्धारित सबै कार्य सम्पन्न गर्न हरदम तयार हुँदाहँुदै कार्यदलको बैठक नै नबोउने तर सचिवालयमा कार्यदलले काम गर्न सकेन भन्ने धारणा ब्यक्त गरी कार्यदललाई अधुरो प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय गराउनतर्पm लाग्नु कार्यदलको माघ ७ गतेको बैठकमा भएको छलफल र कार्यदलका सदस्यहरूको मूल भावनाविपरीत छ ।
अन्तरपार्टी जनवादको अभ्यास गर्ने हाम्रो पार्टीमा यस खालको व्यवहार हुनु ज्यादै दुःखद हो । यसमा हाम्रो गम्भीर आपत्ति छ’, प्रतिवेदनमा उल्लेख छ। कार्यदलका सदस्यहरु सुरेन्द्र पाण्डे, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट र बेदुराम भुसालले सो प्रतिवेदन बुझाएका हुन्।
बहुमतले बुझाएको प्रतिवेदनको पूर्ण पाठ यस्तो छ :
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४