शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत-पाक युद्धको खतरासँगै नेपालमा पनि सुरक्षा सतर्कता

भारत-पाक युद्धको खतरासँगै नेपालमा पनि सुरक्षा सतर्कता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- भारत पाकिस्तानबीच तनाव बढ्दै गएपछि नेपालमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

भारत र पाकिस्तानबीच मंगलबार आक्रमण भएपछि काठमाडौंलगायतका सिमावर्ती सहमा सुरक्षा सतर्कता अपनाइएको हो। भारतीय वायुसेनाले मंगलबार बिहानै पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुई देशबीच तनाव बढेको छ र दुवैतिर युद्धको मनस्थिति हावी भएको छ। 

युद्धका लागि दुवै तर्फबाट विभिन्‍न बाहनामा नेपाली भूमि प्रयोग हुनसक्‍ने खतरालाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको गृह मन्‍त्रालयका एक अधिकारीले बताएका छन्। यसबारेमा गृह मन्‍त्रालयमा म‌ंगलबार सुरक्षा निकायका अधिकारीसहित अनौपचारिक छलफल गरिएको थियो। 

भारत पाकिस्तान तनावलाई लक्षित गरी कुनै पनि घुसपैठ हुन दिनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई चनाखो अवस्थामा रहन र वस्तुस्थितिको सुक्ष्म अध्ययन गर्न सर्कुलर गरिएको छ। खासगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र अन्य विमानस्थलमा पनि सुरक्षा जाँचलाई कडा तुल्लाइएको छ। 

विवादित जम्मु कश्मिरमा मंगलबार दिनभर र रातभर पनि  भिडन्त भएको छ । दुई हप्ताअघि जम्मु कश्मिरको पुलवामामा पाकिस्तानी आतंकवादीले भारतीय ४७ सुरक्षाकर्मी मारेपछि भारत पाकिस्तान सम्बन्धले जटिल रुप लिएको हो।भारतले बायुयान प्रयोग गरी ३ सय बढी पाकिस्तानी आतंकवादी लडाकु मारेको दाबी गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।