शनिबार, साउन १६, २०८३

ढल्केबरमा बस र ट्रक ठोक्कियो, २ को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- धनुषाको ढल्केबरमा बस र ट्रक एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । काकडभित्ताबाट गौर तर्फ आउँदै गरेको ना ५ ख ४१६ नम्बर बस र हेटौंडाबाट पूर्व तर्फ गइरहेको ना ६ ख ९४२१ नम्बरको ट्रक बुधबार बिहान एकआपसमा ठोक्किएको हो । 

दुर्घटनामा परि  भारत मोतिहारी बस्ने २५ वर्षीय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी शिवदेवी मण्डलको मृत्यु भएको छ । ठाकुरको घटनास्थलमै र मण्डलको उपचारका लागि धरान लैजादै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मृतक दुबै जना बसमा सबार थिए भने घाइते पनि बसकै यात्रुहरु मात्रै भएको प्रहरीले बताएको  छ। 

दुर्घटनामा परि घाइते भएका २० जना लालगढको निजी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना तिब्र गतिका कारण भएको प्रहरीको अनुमान छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।