शनिबार, साउन १६, २०८३

किम र ट्रम्पबीचको वार्ता आज : मिल्लान दुई देश ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- उत्तर कोरियाली नेता  किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच बुधबार (आज) वार्ता हुँदैछ । 

वार्ताका लागि दुबै देशका राष्ट्रप्रमुख भियतनाम पुगेका छन् । विश्व समुदायले निकै चासोका साथ हेरेको दुई नेताबीचको वार्तामा उत्तर कोरियाले उत्पादन गरिराखेको आणविक हतियार र निशस्त्रीकरणका विषयमा छलफल हुने कार्यक्रम छ । 

दुई नेताबीचको यो दोस्रो भेट हो । ट्रम्प र किमबीच गत वर्ष सिङ्गापुरमा पहिलो ऐतिहासिक वार्ता भएको थियो। उनीहरूले वार्तालाई निरन्तरता दिने सहमति गरेका थिए। जुन सहमति अनुसार बुधबार र बिहीबार उनीहरुबीच शिखर वार्ता हुन लागेको हो । यस पटकको वार्तामा निशस्त्रीकरणका विषय 

विश्व समुदायले यस पटकको वार्तामा उत्तर कोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ। उत्तर कोरिया पहिलो वार्तादेखि नै केहि नरम देखिएको थियो । उसले आणविक हतियार उत्पादनमा कटौती समेत गरेको थियो ।

वार्ताका लागि उत्तर कोरियाली नेता  किम जोङ उनले दुई दिनभन्दा बढी समय लगाएर प्योङ्याङदेखि हनोईसम्मको झन्डै चार हजार किलोमिटरको यात्रा एउटा निजी रेलमा गरेका थिए। अमेरिकी राष्ट्रपति भने निजी विमानबाट भियतनाम पुगेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।