एजेन्सी- स्पेनिस कोपा डेल’रे अन्तर्गत सेमिफाइनलको दोस्रो लेगमा स्पेनिस महारथिद्वय बार्सिलोना र रियल मड्रिड भिड्ने भएका छन् । खेल रियलको घरेलु मैदान सान्टीयागो बर्नाबेउमा नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुने छ ।
कोपा डेल’रे को फाइनल प्रशेवका लागि दुबै टोलीलाई गर या मरको अवस्था छ । यसअघि बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुबै टोलीले १-१ बराबरी खेलेका थिए । जस कारण फाइनल प्रवेशका लागि दुबै टोलीलाई जित्नै पर्ने दबाब छ ।
जारी सिजनमा दुबै टोली तेस्रो पटक आमने सामने हुँदै छन् । यस सिजनको सुरुवातमा ला लिगमा भएको पहिलो भेटमा बार्सिलोनाले रियलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेका थियो । त्यस्तै कोपा डेल’रेमा भएको दोस्रो भेटमा दुबै टोलीले बराबरी खेलका थिए ।
बार्सिलोनाले यसअघि लगातार तीन पटक कोपा डेल’रेको उपाधि जितिसकेको छ । यस पटक पनि दोस्रो सेमिफाइनलमा रियललाई पराजित गर्दै पुनः उपाधिको दाबेदार बन्न चाहन्छ । तर, यता रियल भने बार्सिलोनको लगातार उपाधि यात्रामा पुर्णविराम लगाउन चाहन्छ । त्यसैले आजको यो खेल जसले जिते स्वतह फाइनल प्रवेश गर्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४