शनिबार, साउन १६, २०८३

राणा नेतृत्वको राप्रपामा प्रवेश गर्दै नेता चन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौँ- कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेका पूर्वमहामन्त्री जयन्त चन्दसहितका नेताहरु पशुपतिशम्शेर राणा नेतृत्वको राप्रपा (संयुक्त) प्रवेश गर्ने भएका छन् ।

बुधबार मध्याह्न १२ बजे राप्रपा (संयुक्त)को कार्यालय चाबहिलमा हुने एक कार्यक्रमकाबीच चन्दसहितका नेताहरु उक्त पार्टीमा प्रवेश गर्न लागेका हुन् ।  

केन्द्रीय सञ्चार समिति सदस्य किरण गिरीका अनुसार यही फागुन ११ गते कमल थापा नेतृत्वको राप्रपा छाडेका सहायक महामन्त्री भरत पाठक, कार्यसम्पादन समिति सदस्यहरू प्रह्लाद साह, भरत गिरी र दिनेश श्रेष्ठ, पूर्वसहायक महामन्त्री गोविन्द खनियाँ, केन्द्रीय सदस्यहरू सानुकाजी हेक्का, चिरागमानसिंह कुँवर, रीता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर विष्ट, गजेन्द्रबहादुर सिंह, बिन्दा गिरी, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की, पूर्ण चौलागाईंलगायतका नेताहरु पार्टी प्रवेश गर्न लागेका हुन। चन्द राप्रपाकै वरिष्ठ नेता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा हुन्।

नवप्रवेशीको जिम्मेवारीको विषयमा कुनै टुंगो नलागेको नेता गिरीले बताए। पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेपछि मात्रै जिम्मेवारी तय हुने उनले जानकारी दिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।