शनिबार, साउन १६, २०८३

आजका अखबार : भारत-पाकिस्तान युद्धको तयारीमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले भारत र पाकिस्तानबीच बढेको तनावलाई मुख्य समाचार बनाएका छन् । 

नयाँ पत्रिकाले छिमेकमा तनाव, युद्धको आशंका शीर्षकमा समाचार लेखेको छ भने कान्तिपुरले भारत–पाक तनाव तीव्र शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले भने पाकिस्तानतर्फ भारतीय आक्रमण शीर्षकमा खबर प्रकाशित गरेको छ ।

छिमेकी देश भारत र पाकिस्तान दुबैले युद्धको तयारी थालेका छन् । एकले अर्कोलाई दोषी देखाउँदै युद्धको तयारी गरेका हुन् । मंगलबार भारतले पाकिस्तानी क्षेत्रमा एक हजार किलोको बम खसालेपछि दुई देश युद्ध उन्मुख भएक हुन् । 

भारतले पाकिस्तानको बालाकोटस्थित शिविरमा हवाई आक्रमण गरी ३ सय विद्रोही मारेको दाबी गरेको छ । फेब्रुअरी १४ मा कश्मीरको पुलवामामा भारतीय सुरक्षाकर्मीमाथि पाकिस्तानको आतंकवादी समुहले आक्रमण गरेपछि त्यसको जवाफमा मंगलबार भारतीय वायु सेनाले पाकिस्तानमाथि हवाई हमला गरेको हो । भारतभर वायुसेनाको प्रशंसा गर्दै सर्वसाधरणले उत्सव मनाएका छन् । सत्तापक्ष र प्रतिपक्षको एकै स्वर भएको पत्रपत्रिकाले लेखेका छन् । 

पाकिस्तानले भने भारतको दावी गलत भएको जिकीर गरेको छ । भारतीय आक्रमणबाट कुनै पनि पाकिस्तानको मृत्यु नभएको जनाएको छ । भारतले बम जंगलमा खसाएको र रुखहरु आतंकवादी नभएको पाकिस्तानको विदेश मन्त्रालयले जनाएको  छ। यद्यपी उसले भारतीय आक्रमणको उचित समयमा जवाफ दिने बताएको पत्रपत्रिकाले लेखेका छन् । 

यो विषय बाहेक आजको कान्तिपुरले पोखरलाको गण्डकी मेडिकल कलेजले विद्यार्थीसँग तोकिएको भन्दा १० लाख बढि रकम असुलेको खबरलाई पनि प्राथमिकताका साथ छापेको छ । वार्षिक शुल्क, त्रिवि सम्बन्धन, रजिस्ट्रेशन, सुरक्षा, इन्टर्नसिप, स्वास्थ्य परिक्षणका नाममा कलेजले प्रति विद्यार्थी १० लाख बढि रकम असुलेको समाचारमा उल्लेख छ । 

आजको अन्नपूर्ण पोस्ट्ले भने किसानका नाममा आएको सुविधामा कर्मचारी र बिचौलियाको रजाइँ हुने गरेको विषयलाई प्राथमिकताका साथ छापेको छ । प्रभावकारिताको आधारबिना नै पछिल्लो पाँच बर्ष यता सरकारले पहुँचको भरमा मनलाग्दी रुपमा अनुदान वितरण गरेको समाचारमा जनाइएको छ । 

अनुदानको पारदर्शिताको बिषयमा प्रभावकारी अनुगमन नहुँदा बितरण भएको करोडौं रुपैयाँको कुनै स्थानमा लेखाजोखासम्म छैंन। प्रतिवेदनले अनुदान बितरणमा दुरुपयोग भएको निश्कर्ष दिए पनि राज्य र दातृ निकायको कोषबाट करोडौं रुपैयाँको अनुदान कस्ता किसान र संस्थाले पाए भन्ने बिषयमा अझै गहन रुपमा अध्ययन गर्न चुक भएको छ। रकमको लेनदेन गरी सक्कलीभन्दा पहुँचवाला नक्कली किसानको पोल्टामा अनुदान प्रवाह हुँदै आएको अन्नपूर्णले लेखेको छ ।

नागरिक दैनिकले भने राज्यको २३ अर्बमा ठेकेदारको रजाइँ शीर्षकमा मुख्य समाचार छापेको छ।

उसले समाचारमा लेखेको छ- सरकारी निकायको फितलो अनुगमन र गैरजिम्मेवारीका कारण राज्यको साढे २३ अर्ब रुपैयाँमा ठेकदारहरुले रजाइँ गरेका छन्। आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएपछि काम अगाडि बढाउन सरकारले ठेकेदारलाई ‘मोबिलाइजेसन’ का नाममा सुरुमै रकम दिनुपर्ने कानुनी व्यवस्था छ। ठेकेदारले यही मोबिलाइजेसनबापत राज्यको २३ अर्ब ६० करोड रुपैयाँ लगेको समाचारमा उल्लेख छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारबाट सञ्चालित आयोजनाको ठेक्का व्यवस्थापन अवस्थाबारे केही दिनअघि अध्ययन तथा विश्लेषण गरेको थियो। यही अध्ययनले ठेकेदारले कामै सुरु नगरीकन राज्यको अर्बौं रुपैयाँमा रजाइँ गरेको देखाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।