शनिबार, साउन १६, २०८३

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौ‌ – सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ। 

न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले आज मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो। निजी प्रयोजनमा प्रयोग हुने मोटरसाइकल र स्कुटरमा व्यवसाय चलाउन रोक लगाउन माग गर्दै श्यामकुमार श्रेष्ठले गत माघ २८ गते सर्वोच्च अदातलमा रिट निवेदन दायर गरेका थिए। 

यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएका सवारीसाधनले उपदफा २ बमोजिम निजी सवारीसाधन यातायात व्यवसायकै रुपमा प्रयोग गर्न नपाइने रिट निवेदनमा उल्लेख छ। अदालतको अन्तिम फैसलामा सो व्यवसाय हाललाई रोक लगाउन नपर्ने उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।