शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन १४ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

'राजसंस्था फर्के राम्रो'

पशुपतिशमशेर राणासँग पञ्चायतकाल र बहुदलकालको शासन अनुभव छ। उनी पञ्चायतकालदेखि नै सरकारमा रहँदै आए। राणा अहिले डा. प्रकाशचन्द्र लोहनी नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरण गरेपछि राप्रपा संयुक्तका अध्यक्ष छन् । नाति जर्नेल उपनामले चिनिने राणासँग धेरै लामो र भूमिका बाँधेर बोल्ने बानी छैन। 

अख्तियारकाे कार्यालय अगाडि जब एकोहाेराे शङ्ख बज्याे...

सुर्खेतको इत्रामस्थित विवेकशील साझाको पार्टी कार्यालयबाट एकाएक एक दर्जन मान्छेको हुल निस्कियो। ‘ठूला माछा समाऊ अभियान’ लेखिएको ब्यानर बोकेका उनीहरुमध्ये एक जनाकोे हातमा शंख, बाँकीका हातमा घन्ट र सिठ्ठी थियो।

ऐन संशोधन गरेर अमेरिकासँग अर्बको हतियार किन्‍ने तयारी

सरकारले सार्वजनिक खरिद ऐन स‌ंशोधन गरेर अमेरिकी सरकारसँग करिब एक अर्ब मूल्यका हतियार खरिद गर्ने  तयारी गरेको छ। एकमुष्ठ रकम उपलब्ध गराउन ऐन बाधक देखिएपछि सरकारले यसलाई संशोधन गर्ने तयारी गरेको हो। 

'नयाँ राष्ट्रिय सुरक्षा नीतिको तयारी अन्तिम चरणमा'

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निजामती सेवाको २४ घको जस्तो नेपाली सेनामा पदक्रम (चेन अफ कमाण्ड) नै बिग्रने गरी गरिएको ‘फाष्ट ट्र्याक’ बढुवा व्यवस्था सच्याइएको बताएका छन्। 

कराँतेका दुई संघको विवाद अन्त्य

फरक फरक अस्तित्वमा रहेका दुई नेपाल कराँते महासंघको विवाद अन्त्य हुने भएको छ । लामो समययता राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताप्राप्त अस्तित्वमा रहेका दुई महासंघ निर्वाचनमार्फत एक हुने विषयमा सहमतिमा पुगेका हुन् । 

लागुऔषध नियन्त्रण गर्न किन कार्यान्वय हुँदैन ‘काउन्टरपार्ट’ को निर्णय?

२८ माघमा जनकपुरमा नेपाल–भारत सीमा सुरक्षासम्बन्धी (काउन्टरपार्ट) बैठक बस्यो। बैठकमा प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला र छिमेकी राष्ट्र भारत विहारको मधुबनी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका उच्चपदस्थ पदाधिकारीहरु सहभागी थिए।

धनगढी उपमहानगरले सबै वडामा अप्टिकल फाइवर बिछ्याउँदै 

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा अप्टिकल फाइबर बिछ्याउन सुरु गरेको छ। उपमहानगरले सवै १९ वटै वडामा आफ्नै अप्टिकल फाइवर बिच्छ्याउन लागेको हो। मंगलबार उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अप्टिकल फाइवर बिछ्याउने कार्यको उद्घाटन गरेका छन्। 

फराकिलो रिङरोड, पैदल यात्रीलाई सकस (फोटो फिचर)

कलंकी सडक विस्तार भएर नयाँ स्वरुपमा परिवर्तन भए पैदल यात्री सकसपूर्ण यात्रा गर्न बाध्य छन्। 

महाकाली सन्धिअनुसार नेपालले पानी पाउनु पर्छ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनका सम्बन्धमा बुधबारदेखि सुरु नेपाल र भारतका विज्ञको संयुक्त बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिलाई राष्ट्रिय हितका पक्षमा खुलेर छलफल गर्न निर्देशन दिएका छन्। 

पौडेल र सिटौलाको चेतावनीपछि कांग्रेस बैठक स्थगित

अनुशासन समिति गठनमा सहमति जुट्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका स्थगित गरिएको छ। बैठकअघि नेताहरूबीच अनुशासन समिति गठन गर्ने विषयमा कुरा मिल्न नसक्दा बैठक स्थगित भएको हो।

‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम गरिबी निवारणको सूत्राधार ’

प्रदेश सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम गरिबी निवारणको सूत्राधार भएको प्रदेश सरकारका प्रमुख तथा सचिवहरुले दाबी गरेका छन्। प्रदेश नं ५ को भैरहवामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रमुख सचिव र सचिवहरुले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गरिबी निवारणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कर्णाली प्रदेशले माग्यो डेढ सय स्वयम् सेवक कर्मचारी

कर्णाली प्रदेश सरकारले डेढ सय स्वयम् सेवक कर्मचारी माग गरेको छ। प्रदेशमै रोजगारी सिर्जना गर्न २ सय ३० दरबन्दी स्विकृत गरेको सरकारले पहिलो चरणमा करिब डेढ सय जना स्वयंसेवकका कर्मचारीका लागि आवेदन आह्वान गरेको छ। स्वयंसेवक परिचालन कार्यविधि–२०७५ अनुसार प्रदेश अन्तर्गत १० वटै जिल्लाबाट आवेदन माग गरीएको हो।

वैकल्पिक शक्ति  खोज्दैछ मधेस

मधेसको पछिल्लो आशा, भाषा र भाव के हो? के मधेस सन्तुष्ट छ? कि मधेसमा असन्तुष्टिको आगो निभेको छैन, बरु यो भित्रभित्र पुत्पुताउँदै छ? यिनै प्रश्नहरूको सेरोफेरोमा केही समयअगाडि काठमाडौंमा एक कार्यक्रम आयोजना भयो। विवेकशील साझा पार्टीले आयोजना गरेको सो कार्यक्रमको नाम थियो मधेस मन्थन –एक। कार्यक्रमका वक्ताहरू थिए लेखक खगेन्द्र संग्रौला, डा. कृष्ण हाछेथु, डा. विजय मिश्र, विश्लेषक तुलानारायण शाह, अभियन्ता सिएन थारू र पत्रकार बसन्त बस्नेत।

'प्रचण्डकी छोरी रेणु भ्रष्टाचारमा लिप्त'

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले महानगर प्रमुख रेणु दाहालले आफू खुसी निर्णय गर्दै अनियमितता गरेको आरोप लगाएकी छिन् ।

मेस्सी पहिलो, युरोपको शीर्ष पाँच ड्रिबलरमा को को? 

बार्सिलोनाका कप्तान लियोनल मेस्सी युरोपको शीर्ष ड्रिबलरमाको पहिलो स्थानमा परेका छन् । उनले इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका स्टार खेलाडी इडेन हाजार्ड र युरोपको शीर्ष ड्रिबलरमाको पहिलो स्थानमा परेका हुन् । 

सबै स्थानीय तहलाई पुगेनन् रोजगार संयोजक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विद्युतीय भर्ना प्रणालीमार्फत आज ५२१ रोजगार संयोजकको छनोट गरेको छ । 

पाँचौँ महिला साफ फूटबलको तयारी पुरा

दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । 

वादलले गृहमन्त्री भएपछि एक वर्षमा के गरे ? 

गृहमन्त्री रामबहादुर थापा बादलले गृह मन्त्रालय सम्हालेको एक पुरा भएको छ । यो अवधिमा उनको प्रशंसा भन्दा ज्यादा आलोचना भएको छ । 

नेपाली फुटबलको स्तर सुधार गर्ने छु : प्रशिक्षाक कलिन

यसअघि नेपालको ए डिभिजन क्लब सम्हालेका योहान कलिनलाई राष्ट्रिय टिमको बागडोर सम्हाल्न बिहीवार अखिल नेपाल फुटबल संघ  (एन्फा)ले उनलाई काठमाडौं बोलायो । काठमाडौ पुगेपिछ एन्फाले कलिनलाई आइतवार पहिलो पटक सार्वजनिक गरेको थियो।

सडकमा पहिरो खस्दा दार्चुलामा एक जनाको मृत्यु

दार्चुलाको दुहुँ गाउँपालिका–३ स्थित निर्माणाधीन दार्चुला–तिङ्कर सडकको राताकाठामा पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । 

शेयर बजार : सात अङ्कले घट्यो

धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ। 

भारत-पाकिस्तानबीच युद्धको खतरा, एक हजार किलोको बम प्रहार

भारत प्रशासित कश्मीरको पुलवामामा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच युद्धको खतरा बढेको छ ।

अन्तर्राष्ट्रिय कविता दिवसमा कवि तुलसी दिवस

भियतनाममा भएको अन्तराष्ट्रिय कविता महोत्सवमा नेपालका तर्फबाट वरिष्ठ कवि तुलसी दिवसले सहभागिता जनाएका छन्। महोत्सव १६ देखि २० फ्रेब्रुअरीसम्म भियतनामको राजधानी हनोइलगायतका सहरमा भएको थियो।

प्रियंका र आयुष्मान बने महिनावारी स्वस्छता दूत

खानेपानी मन्त्रालयले महिलाहरु महिनावारी हुँदा भोग्नु परेको समस्या सम्बन्धी जनचेतना जगाउने उद्देश्यले कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।