जनकपुरधाम - २८ माघमा जनकपुरमा नेपाल–भारत सीमा सुरक्षासम्बन्धी (काउन्टरपार्ट) बैठक बस्यो। बैठकमा प्रदेश २ को धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला र छिमेकी राष्ट्र भारत विहारको मधुबनी जिल्लाका प्रशासनिक तथा सुरक्षा निकायका उच्चपदस्थ पदाधिकारीहरु सहभागी थिए।
धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्ला मधुबनी सीमासँगै रहेकोले चार जिल्लाका प्रशासनीक र सुरक्षा अधिकारीहरुलाई बैठकमा बोलाइएको थियो। प्रदेश २ सँग जोडिएका विहारको सीतामढी तथा मोतिहारी जिल्लाको पनि छुट्टै ‘काउन्टरपार्ट’ बैठक हुने गरेको छ। प्रदेश २ बाहेक भारतीय सीमासँग जोडिएका अन्य प्रदेशहरुमा समेत नेपाल तथा भारतबीच बेलाबेला सीमा यस्तो बैठक हुँदै आएको छ।
जनकपुरको पछिल्लो बैठकको प्रमुख एजेन्डा भारतको आसत्र लोकसभा निर्वाचनमा सीमा सुरक्षा रहेपनि यसबाहेक दुई मुलुकसँग जोडिएका अन्य विषयहरुमा समेत गम्भीरतापूर्वक छलफल भएको थियो।
सीमा क्षेत्रबाट हुन सक्ने भारतीय नक्कली रुपैयाँको ओसारपोसार, मानव बेचबिखन, मदिराको अवैध तस्करी, लागुऔषध ओसारपोसारजस्ता एजेन्डाहरु प्रायः हरेक ‘काउन्टरपार्ट’ बैठकमा प्रमुखताका साथ उठाइन्छ।
भारतीय सीमा क्षेत्रबाट हुँदै आएको लागुऔषधको ओसार पोसार हरेक पटक बस्ने ‘काउन्टरपार्ट’ बैठकमा मुद्दा बत्रे गरेको छ। दुई मुलुकबीच हुने ‘काउन्टरपार्ट’ बैठकमा सीमा क्षेत्रबाट हुने लागुऔषध ओसार पोसार नियन्त्रण गर्न प्रतिवद्धता जनाइएपनि कार्यान्वयन भने हुन सकेको छैन्।
दुई मुलुकबीचको खुल्ला सीमा प्रयोग गरी लागुऔषध ओसार पोसार गर्नेको संख्या बढ्दै गएको प्रहरीको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको अन्त्यसम्म प्रदेश २ को आठ जिल्लाबाट लागुऔषध ओसार पोसार, बिक्री वितरणजस्ता घटनामा कूल ७१४ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको पौष महिनासम्म पक्राउ पर्नेको संख्या ५०६ जना पुगिसकेको छ। यसैगरी गत आर्थिक वर्षमा प्रहरीले ४८७ जनाविरुद्ध मुद्दा चलाएको थियो भने चालु आर्थिक वर्षको पौषसम्म ५०६ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको प्रदेश प्हरी कार्यालय जनकपुरले जनाएको छ।
लागुऔषध प्रयोग गर्ने अधिकांश व्यक्ति १६ देखि २५ वर्ष समूहको रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ। चालु आर्थिक वर्षको पुष महिनासम्म प्रहरीले लागुऔषधसम्बन्धी अपराधमा यस उमेर समूहका २५१ जनालाई पक्राउ गरिसकेको छ।
यसैगरी १६ वर्ष मुनिका १२, २६ देखि ३५ वर्ष उमेर समूहका १५७, ३६ देखि ४५ वर्षका ५४, ४६ देखि ६० वर्षसम्मका २६ र ६० वर्ष माथिका ६ जना रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यसअवधिमा प्रहरीले ५ क्विन्टलभन्दा बढी गाँजा, २ क्विन्टलभन्दा बढी चरेस, १३ हजार एम्पुलभन्दा बढी डाइजेल्याब, ५ हजार एम्पुलभन्दा बढी लुप्रिजोसिक, १५ हजार एम्पुलभन्दा बढी नाइट्रोभेट, ब्राउनसुगर, फेन्सिडिल, डाइलेक्सजस्ता प्रतिबन्धित लागुऔषध नियन्त्रणमा लिएको छ। प्रहरीको तथ्यांकअनुसार प्रदेश २ को बारा र पर्सा जिल्लाबाट सबैभन्दा बढी लागुऔषध ओसार पोसार हुने गरेको छ।
सहज रुपमा पाइने भएकोले लागुऔषध दुव्र्यसनी तथा बिक्री वितरण गर्नेहरुका लागि सीमा क्षेत्रको भारतीय बजार आकर्षक गन्तव्य बनेको छ। सीमा क्षेत्रको भारतीय बजारमा लागुऔषध खरिद गर्नुक साथै सेवन गर्न दैनिक सयौंको संख्यामा नेपाली युवाहरु पुग्ने गरेका छन्।
भारतीय बजारमा यस्ता प्रतिबन्धित औषधी बिक्री वितरणमा रोक नलगाइँदा नेपाली युवाहरु दुव्र्यसनीका शिकार बत्रुका साथै भविष्य नै समाप्त हुने खतरा बढेको छ। लागुऔषधको ओसार पोसार समयमै नियन्त्रण गर्न नसकिए प्रदेश २ ‘ट्रान्जिट प्वाइन्ट’ बत्रे निश्चित देखिन्छ।
सीमा क्षेत्रबाट हुने लागुऔषधको ओसार पोसार नियन्त्रण प्रहरीको प्रमुख प्राथमिकतामा रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दानबहादुर थापाले बताए। ‘खुल्ला सीमाको फाइदा उठाएर लागुऔषध ओसारपोसार हुने गरेको छ,’ नेपाल समयसँग कुरा गर्दै थापाले भने,‘नियन्त्रण गर्न प्रहरी लागि परेको छ।’ प्रहरीको कडाइपछि पक्राउ पर्नेबढेपछि दुव्र्यसनीको संख्या वृद्धि भएजस्तो देखिएको उनको भनाइ छ।
प्रहरीले मात्रै गरेर लागुऔषध ओसारपोसार र दुव्र्यसनी नियन्त्रण हुन नसक्ने बताउँदै थापाले सबै सरोकारबालाको सहयोग आवश्यक रहेको उल्लेख गरे। लागुऔषधको सेवनपछि अपराधिक घटनाहरु बढी हुनेगरेको अनुसन्धानहरुबाट खुलेको बताउँदै उनले यसविरुद्ध विद्यालय कलेजहरुमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४