काठमाडौं - अनुशासन समिति गठनमा सहमति जुट्न नसकेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका स्थगित गरिएको छ। बैठकअघि नेताहरूबीच अनुशासन समिति गठन गर्ने विषयमा कुरा मिल्न नसक्दा बैठक स्थगित भएको हो।
पार्टी मुख्यालयमा सानेपामा मंगलबारका लागि तोकिएको केन्द्रीय कमिटी बैठकमा संघीय संरचनाअनुसार पार्टीको नियमावली, निर्वाचन समिति र अनुशासन समिति गठन गर्ने विषयमा छलफल गर्ने कार्यसूची थियो।
सभापति शेरबहादुर देउवासँग भएको आन्तरिक छलफलमा नेता रामचन्द्र पौडल र कृष्णप्रसाद सिटौला पक्षले अनुशासन समिति गठन गर्दा सबै पक्षलाई मिलाएर राख्नुपर्ने भनाइ राखेका थिए। पार्टी स्रोतका अनुसार सभापति शेरबहादुर देउवा भने एकपक्षीय रूपमा समिति गठन गर्ने तयारीमा थिए। आन्तरिक छलफलमा सहमति जुट्न नसकेपछि पौडेल र सिटौला पक्षले बैठक बहिष्कार गर्ने चेतावनी दिएका थिए । त्यसपछि सभापति देउवाले अनिश्चितकालका लागि बैठक स्थगित गरेको कांग्रेसले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४