काठमाडौं – भियतनाममा भएको अन्तराष्ट्रिय कविता महोत्सवमा नेपालका तर्फबाट वरिष्ठ कवि तुलसी दिवसले सहभागिता जनाएका छन्। महोत्सव १६ देखि २० फ्रेब्रुअरीसम्म भियतनामको राजधानी हनोइलगायतका सहरमा भएको थियो।
भियतनामी लेखकहरुको संस्था भियतनाम राइटर्स एसोसिएसनले सम्मेलनको आयोजना गरेको हो। एसोसिएसनकै निमन्त्रयाणामा कवि दिवसले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका हुन्। सिम्मेलनमा ४५ भन्दा बढी देशका करिब दुई सय कविहरुको सहभागिता थियो।
भियतनामको साहित्य प्रवर्धन गर्न गरिएको यो चौँथो अन्तराष्ट्रिय सम्मेलन हो। १७ औँ भियतनामी कविता दिवसको अवसरमा सम्मेलन आयोजना गरिएको हो। विश्व सम्पदा सूचिमा सूचिकृत विभिन्न स्थानमा कार्यक्रम आयोजना गरिएको थियो।
सम्मेलनमा कविता वाचना तथा विमर्श गरिएको थियो। कवि तुलसी दिवसले विभिन्न तीन वटा कार्यक्रममा कविता वाचन गरेका थिए। त्यस्तै कवितासम्बन्धि विमर्शमा पनि सहभागिता जनाएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४