शनिबार, साउन १६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज फागुन १३ गते साेमबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

कमल थापाको प्रश्न हिन्दुराज्य र राजतन्त्र मासेर हामीले के पायौ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन्। रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको बताए। उनले यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बेला आएको समेत बताए। 

राजपाको जनकपुर बैठक : सहकार्य गरेर काम गर्न निर्देशन

राजपा अध्यक्षमण्डलले पार्टीको तर्फबाट मन्त्री, स्थानीय तहको प्रमुख/उपप्रमुख बनेकाहरुलाई आफ्ना सहकारीहरुसँग सहकार्य गरेर कामकारबाही गर्न निर्देशन दिएको छ।

स्व महेन्द्रनारायण प्रजातान्त्रिक आन्दोलनकै ‘निधि’ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सरल र सादगी व्यक्तित्वको धनी स्व महेन्द्रनारायण निधि सबैका लागि प्रेरणाको स्रोत भएको बताएकी छन्। महेन्द्रनारायण निधि प्रतिष्ठानले स्व निधिको ९७औं जन्मजयन्तीको अवसर पारेर सोमबार आयोजना गरेको कार्यक्रममा उहाँले स्व निधि नेपालको प्रजातान्त्रिक आन्दोलनमा इतिहासकै एक ‘निधि’का रुपमा रहनुभएको छ भनिन्। 

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य कर्मीलाई सहयोग गर्ने बताएका छन्। सोमबार साँझ ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नाटकको विकासका लागि नाट्य कर्मीलाई सहयोग गर्ने बताएका हुन्। 

नयाँ शक्तिका प्रदेश संयोजकसहित चार हजार कार्यकर्ता कांग्रेसमा प्रवेश

रसुवामा नयाँ शक्ति नेपालका जिल्ला संयोजकसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ। नयाँ शक्तिका जिल्ला संयोजक फुर्वु वाङ्दी तामाङ्सहित चार जना केन्द्रीय सदस्य र चार हजार बढी नेता कार्यकर्ता सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। 

वर्ष दिनमा गृहमन्त्रीले गरेका १० काम

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मन्त्रालयको जिम्मेवारी सम्हालेको सोमबार एक वर्ष पुग्यो।  एक वर्ष पुगेको अवसरमा मन्त्रालयले उनका उपलब्धी सार्वजनिक गरेको छ। 

नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ। 

पद खुस्किने डरले मन्त्रालय जान थाले मन्त्री

मन्त्रालय नजाने मन्त्रीका रुपमा परिचित प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय अब मन्त्रालय जान थालेका छन्। मन्त्रालय नजाने मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने भन्दै जनकपुरमा सम्पत्र राजपा अध्यक्षमण्डलको बैठकमा प्रदेश सांसदहरुले नै माग गरेपछि राय मन्त्रालय जान लागेका हुन्।

निष्ठावान् नेता निधि, जसले छोराको सिफारिस गरेनन्

महेन्द्र नारायण निधि नेपाली राजनीतिको इतिहासमा बिर्सन नसक्ने नाम। गान्धीवादी, निष्ठावान्, जुझारु, प्रतिबद्धलगायतका दर्जनौं विशेषणहरु जोडिन्छ उनको नाउँको अगाडि।

देउवा नै महाधिवेशन हुन नदिने षड्यन्त्रमा : कोइराला

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आसन्न महाधिवेशन समयमै नगर्न सभापति शेरबहादुर देउवा नै सक्रिय भएको बताएका छन्।  १४ औं महाधिवेशनलाई समयमा हुन नदिने  अढाई वर्ष लम्ब्याएर सभापति भइरहने सभापति शेरबहादुर देउवा लागेको डाक्टर कोइरालाले आरोप लगाएका छन्। कोइरालालाई आगामी नेतृत्वको बलियो  प्रत्याशिको रुपमा हेरिएको छ।

नेपाली हिन्दु पुरुष र पाकिस्तानी मुस्लिम युवायुवतीको विवाह

सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन्। 

फागुनमा स्ववियु निर्वाचन नहुने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ। 

स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सकबीचको वार्ता निष्कर्षविहीन

कर्मचारी समायोजन विधेकविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलनरत सरकारी चिकित्सक र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्षविहीन भएको छ।  ७२ घण्टाभित्र माग पूरा नभएर सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने र त्यति गर्दा पनि आफूहरुका माग सुनुवाई नभए सामूहिक राजीनामा दिने घोषणा गोदानले गरेको छ।

ओस्कार अवार्ड २०१९ : ‘ग्रीन बुक’ सर्वोत्कृष्ट चलचित्र, कसले के जिते?

अमेरिकाको लस एन्जेलसमा आइतबार राति आयोजित ९१ औं ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चर्सद्वारा निर्मित ‘ग्रीन बुक’ चलचित्र सर्वोत्कृष्ट घोषित भएको छ। ‘ग्रीन बुक’ले सर्वोत्कृष्ट चलचित्रसहित तीन वटा ओस्कार हात पारेको हो।

बाङ्ग्लादेश विमान अपहरण प्रयास : को हुन् गोली हानिएका श‌ंकास्पद व्यक्ति

आइतवार साँझ बाङ्ग्लादेशको सरकारी वायुसेवा कम्पनीद्वारा सञ्चालित एउटा यात्रुवाहक विमान अपहरणको प्रयास भएको समाचार आयो।

कार्यदल विघटनपछि नेकपाभित्र भाँडभैलो, टाढिँदै ओली–प्रचण्ड

नेकपाको पार्टी एकता टुंगो लगाउन गठित कार्यदल विघटन भएपछि नेकपाभित्रको किचलोले नयाँ मोड लिएको छ। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रदेश गण्डकी प्रदेशका मुख्यमन्त्री र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल जोगाउन कार्यदल विघटन गरेका हुन्। कार्यदल विघटन गरिए पनि बहुमत सदस्यले आइतबार राति विवाद भएका मुख्य विषयसहित सांगठनिक एकीकरणको प्रस्ताव तयार पारेर बुझाएपछि यतिबेला अध्यक्ष ओली र अर्का अध्यक्ष दाहाल नैतिक संकटमा परेका छन्।

विश्वास गुमाउँदै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विश्वसनीयता धरापमा परेको छ। राजनीतिक हस्तक्षेप, ठूला भ्रष्टाचारीप्रति उदासीन, आयोगका अधिकारीहरु नै भ्रष्टाचारमा मुछिनुलगायतका कारण आयोगको विश्वसनीयता गुम्दै गएको हो।

कर्मचारी समायोजन सुरु, लेखा अधिकृतहरुको सूची सार्वजनीक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजित कर्मचारीको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले पहिलो चरणमा लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको हो ।

पार्किङ गर्नेक्रममा बोलेरोको ठक्करबाट २ महिलाको मृत्यु

धादिङको गल्छीमा बोलेरो जीपको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । 

आइतबार राति बा २० च ६२२१ नंको बोलेरो जिपले किचेर गल्छी गाउँपालिका- ४ की ३५ वर्षीया जमुना भुजेल र वडा नं ५ की ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो ।

प्रभु बैंकमा आगलागी, एक करोडको क्षती

बुटवलको अमरपथ स्थित प्रभु बैंकमा भिषण आगलागी भएको छ । तल्लो तलामा रहेको फेन्सी पसलबाट सुरुभएको आगो प्रभु बैंकको एटीएम, भैरव ब्याग हाउस र होटलमा क्षति पुगेको छ । 

सर्वोच्चले सोध्यो- शोभराजकाे कैद किन मिनाहा नगर्ने ?

सर्वोच्च अदालतले चाल्र्स शोभराजलाई कैद छुट दिने वा नदिनेबारे तीन महीनाभित्र आवश्यक निर्णय गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । 

प्रहरीले एकैपटक माग्यो सयौंको संख्यामा प्राविधिक

नेपाल प्रहरीले प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा ठूलो संख्यामा आवेदन मागेको छ । करिव एक दर्जन भन्दा बढि पदमा एकैसाथ भर्ना खोलेको प्रहरीले सयौंको संख्यामा प्राविधिक माग गरेको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।