शनिबार, साउन १६, २०८३

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य कर्मीलाई सहयोग गर्ने बताएका छन्। सोमबार साँझ ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नाटकको विकासका लागि नाट्य कर्मीलाई सहयोग गर्ने बताएका हुन्। 

आगामी आर्थिक वर्षको वजेटमा सरकारले नाट्य विधाको विकास र उत्थानका लागि वजेटको ब्यवस्था गर्ने ओलीले बताए। 

कला, साहित्य र संस्कृतिको विकास अनिवार्य रहेको भन्दै उनले समग्र क्षेत्रको विकास विना देश समृद्ध नबन्ने बताए । ओलीले आफू कलाकार नभएपनि कला प्रेमी भएको बताएका थिए। 

आफूले नै नाट्यकर्मीलाई खोजेको बताउँदै प्रधानमन्त्री ओलीले देशलाई चौतर्फी रुपमा विकास गर्ने आफूले चौतर्फी रुपमा ध्यान दिइरहेको बताए। कला, साहित्य र संस्कृति विना देशको विकास हुन नसक्ने उनको भनाइ छ। नाटकलाई संगठित र व्यबस्थित ढङगले अगाडि लैजानु पर्नेमा पनि उनले जोड दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।