आइतबार, चैत १९, २०७९

अन्तर्राष्ट्रिय नाट्य महोत्सव सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life insurance
worldlink
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नाट्य कर्मीलाई सहयोग गर्ने बताएका छन्। सोमबार साँझ ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७५’को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नाटकको विकासका लागि नाट्य कर्मीलाई सहयोग गर्ने बताएका हुन्। 

आगामी आर्थिक वर्षको वजेटमा सरकारले नाट्य विधाको विकास र उत्थानका लागि वजेटको ब्यवस्था गर्ने ओलीले बताए। 

कला, साहित्य र संस्कृतिको विकास अनिवार्य रहेको भन्दै उनले समग्र क्षेत्रको विकास विना देश समृद्ध नबन्ने बताए । ओलीले आफू कलाकार नभएपनि कला प्रेमी भएको बताएका थिए। 

आफूले नै नाट्यकर्मीलाई खोजेको बताउँदै प्रधानमन्त्री ओलीले देशलाई चौतर्फी रुपमा विकास गर्ने आफूले चौतर्फी रुपमा ध्यान दिइरहेको बताए। कला, साहित्य र संस्कृति विना देशको विकास हुन नसक्ने उनको भनाइ छ। नाटकलाई संगठित र व्यबस्थित ढङगले अगाडि लैजानु पर्नेमा पनि उनले जोड दिए।
प्रकाशित: Dec 31, 2017| 06:23. 00 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

रहरले साहित्यकार कि तीक्ष्ण लेखन?

सिर्जनाभित्र मानिस र मानिस बाहेकका विषयले स्थान पाउँलान्। तर ती विषयलाई कसरी शिल्पिवद्ध गर्ने  लेखकको क्षमतामा भर पर्ने कुरा हो।

समापन भयो बुद्ध थिएटर फेस्टिभल

१३ चैतदेखि जमलस्थित सांस्कृतिक संस्थानमा सुरु भएको महोत्सव पाँचौं दिन वीरेन्द्र हमाल निर्देशित नाटक ‘चक्षु’ देखाउँदै समापन गरिएको हो।

मौन आवाज र अभिव्यक्तिभित्रकी मृदुभाषी झमक

सामाजिक सञ्जालका भित्तामा उनका भावना बेला–बेला पोखिएका हुन्छन्। मोबाइलको किबोर्डमा पनि उनका ती दुई खुट्टाकै औंला कुदिरहेका हुन्छन्। अहो ! कस्तो विलक्षण प्रतिभा।

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।