शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ शक्तिका प्रदेश संयोजकसहित हजार बडी कार्यकर्ता कांग्रेसमा प्रवेश

नयाँ शक्तिका प्रदेश संयोजकसहित हजार बडी कार्यकर्ता कांग्रेसमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – रसुवामा नयाँ शक्ति नेपालका जिल्ला संयोजकसहितको टोली नेपाली कांग्रेसमा प्रवेश गरेको छ। नयाँ शक्तिका जिल्ला संयोजक फुर्वु वाङ्दी तामाङ्सहित चार जना केन्द्रीय सदस्य र  हजाराै नेता कार्यकर्ता सोमबार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। 

कांग्रेसले एक समारोहकाबीच उनीहरुलाई पार्टी परिवेश गराएको हो। कांग्रेसका रसुवा सभापति पेम्बा छिरिङ तामाङका अनुसार नयाँ शक्ति नेपालको सिंगो जिल्ला समिति नेपाली कांग्रेसमा प्रवेश गरेको हो। 

कांग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शसांक कोइराला, सहमहामन्त्री डा प्रकाश सरण महत, प्रवक्ता विश्व प्रकाश पौडेल, केन्द्रीय सदस्य गगन कुमार थापालगायतका नेताहरू सोमबार रसुवा पुगेर नवप्रवेशीलाई स्वागत गरेका छन्। 

नव प्रवेशीलाई स्वागत गर्दै सभापति देउवाले लोकतन्त्रको रक्षा र मुलुकको परिवर्तन कांग्रेसबाट मात्र सम्भव भएको बताएका थिए।  देउवाले वर्तमान सरकारले पाँच वर्ष गफ गरेर मात्रै विताउने दावी गरे।यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विप्लवको द्वन्द्वलाई ब्यवास्था गरिरहेको आरोप लगाएका छन्। 

‘कम्युनिस्टले मान्छेका टाउका काटेर क्रान्ति सुरुगरेका हुन्। उनीहरुबाट समृद्धिको आसा नगरे हुन्छ’, पौडेलले भने, ‘नेपाली कांग्रेसले हलो जोतेर क्रान्ति गरेको हो। त्यसैले देशको समृद्धिका लागि पनि कांग्रेसले नै काम गर्छ।’

नवप्रवेशीलाई स्वागत गर्दै नेता पौडेलले विस्तारै सबैले वास्तविकता बुझ्ने र कांग्रेस प्रवेश गर्नेको लर्को लाग्ने दावी गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।