शनिबार, साउन १६, २०८३

नेपालतर्फ पेट्रोलियम पाइपलाइन नौ किमी बाँकी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

वीरगञ्ज – नेपाल तथा भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माणकार्य नेपाल तर्फ नौ किलोमिटर मात्र बाँकी रहेको छ। 

मोतीहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना कार्यालय सिमराका अनुुसार नेपाल तर्फको ३९.२ किलोमिटर भू–भाग मध्ये ३०.२ किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ। पर्सा राष्ट्रिय निकुञ्जको पथलैयादेखि अमलेखगञ्जसम्म नौ किलोमिटर जङ्गलक्षेत्रको बाटोमा पाइप बिछ्याउन बाँकी छ। 

तीव्र गतिमा काम भइरहेकाले बाँकी रहेको क्षेत्रमा चाँडै नै रुख कटान प्रक्रिया अगाडि बढ्ने विश्वास लिइएको—परियोजना कार्यालयका इञ्जिनीयर शरदप्रसाद पौडेलले बताए। निकुञ्जको वनक्षेत्रमा केही दिनभित्रै रुख काट्ने काम शुरु गरिने भएको छ। 

उक्त परियोजना अन्तर्गत निकुञ्ज क्षेत्रभित्र पर्ने ६ हजार ५५३ रुख काटन नेपाल आयल निगम र टिम्बर कर्पोरेशन अफ नेपालबीच केही दिनभित्र सम्झौता हुने बताइएको छ। भारतको मोतिहारीदेखि रकसौलसम्म ३३ दशमलव ७ किलोमिटरमध्ये मोतिहारी रक्सौल क्षेत्रमा टुक्राटुक्री काम बाँकी रहेको परियोजना कार्यालयले जनाएको छ। 

नेपालको लाइफलाइनका रुपमा रहेको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७० किलोमिटर लम्बाइको सो पाइपलाइन निर्माणका लागि रु ५६० करोड लागत रहेको बताइएको छ। पाइपलाइन विच्छ्याउने ठेक्का भारत महाराष्ट्रको सेम्लेस लिमिटेड कम्पनीले पाएको छ। 

गत चैत २३ देखि २५ गतेसम्म भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीको हैदरावाद हाउसबाट संयुक्त रुपमा उक्त पेट्रोलियम पाइपलाइनको शिलान्यास कार्यक्रमको शुभारम्भ गरेपछि कामले तीव्रता पाएको हो। 

पाइपलाइन विछ्याउने काम सम्पन्न भएपछि पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखञ्ज आयल निगमको डिपोमा तीन हजार नौ सय किलोलिटर क्षमता भएका चार ट्याङ्कर बनाउने काम भइरहेको छ। सो पाइपलाइन निर्माणपछि पटनाबाट प्रतिघण्टा २५० लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट भित्रिने छ। पहिलो चरणमा परीक्षणको रुपमा डिजेल आउने बताइएको छ। 

जमीनमुनी साढे दुई मिटर तल तथा पौने ११ इन्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकोले खिया भने नलाग्ने आयोजनाले जनाएको छ। सो लाइन सञ्चालमा आएपछि रक्सौल नाकामा देखिने जामको समस्या हटनुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी तथा अनियमितता हटेर जाने विश्वास लिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।